शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कुखुरा पालनबाटै सफल युवा उद्यमी बन्दै शुशिला

कुखुरा पालनबाटै सफल युवा उद्यमी बन्दै शुशिला

  • सोमवार, चैत्र १०, २०७६
कुखुरा पालनबाटै सफल युवा उद्यमी बन्दै शुशिला
राजेन्द्र बिक /बाजुरा १०चैत्र– पछिल्लो समय देशका अधिकाँस युवाहरु स्वदेश मा रोजगारी नभएको भन्दै बिदेश पलायन तर्फ आकर्षण बढाइरहेका बेला बुढिगंगा नगरपालिका वडा न.५ कोट बाडाकि शुशिला मिजार भने कुखुरा पालन र तरकारी ब्यबसायमा सक्रियतापुर्वक लागिरहेकिछन्।  ब्यबसायमा लागे संग्गै उनको दैनिकी पनि निकै ब्यस्त रहेको छ।बडिमालिका क्याम्पस फालासैनमा अध्यययनरत उनको दिनचर्या सदा झै बिहान क्याम्पस जाने तथा दिनभरी फर्मको काम भ्याउने रहेको छ।शुशिला पोल्ट्री फर्म नाम दिएर दर्ता गरिएको कुखुरापालन ब्यबसाय २ लाखको लगानिमा शुरु गरिएको थियो ।  पहिला सामान्य घर खर्च चलाउन मुस्किल हुन्थ्यो अहिले भने यहि ब्यबसाय बाट आफू लगायत २जना भाइ र १ बहिनिलाइ उच्च शिक्षा पढाइ रहेको तथा ७जनाको परिवारलाइ  आबश्यक लत्ता कपडा तथा घर खर्च ब्यहोरी राखेको मिजारले बताउनु भएको छ ।अहिले पोल्ट्री फार्ममा ४००सय ब्रोइलर कुखुरा रहेका छन् भने बारिमा प्रशस्त तरकारी रहेको छ।कोरोना भाइरस को त्रासले अहिले कम राखेकिहुं नत्र १५ सय जति फर्ममा कुखुरा राख्ने गरेको र कुखुरा तथा तरकारी ब्यबसाय दुबै गरेर बार्सिक ६ लाख सम्मको आम्दानी हुने गरेको पनि उनले बताएकी छन्।सफल युवा उद्यमी भन्दै विभिन्न संघसंस्था बाट सहयोग तथा सम्मान पनि उनले पाइरहेकि छन्।आफु पसिनाको कमाइमा बिश्वास गर्ने मान्छे भएकाले  सकेजति सबै मेहेनत यहि ब्यबसायमा लगाइ रहनेछु र यसलाइ  स्तरउन्नति गर्दै थप ब्यबस्थित गर्दै जाने छु ब्यबसायमा आफू सन्तुष्ट रहेको पनि उनको भनाइ छ। गर्यो भने सबै कुरा देश भित्रै सम्भव हुनेभएकाले स्वदेश मै ब्यापार ब्यबसाय गरेर आफ्नो र देश को भबिश्य उज्वल बनाउन तर्फ लाग्न उहाँले युवाहरुलाइ आग्रह समेत गरेकी छ्न् ।उहांको यस्तो सक्रिय ब्यबसायिकताले घरपरिवार खुशिले दंगछन् भने सबैले प्रसंसा समेत गर्ने गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार