शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • १० बजेपछि सुदूरपश्चिमका सबै सीमा नाका बन्द

१० बजेपछि सुदूरपश्चिमका सबै सीमा नाका बन्द

  • सोमवार, चैत्र १०, २०७६
१० बजेपछि सुदूरपश्चिमका सबै सीमा नाका बन्द

सरकारले  भारत र चीसँग जोडिएका सबै सीमानामा एक साताका लागि आवगमन बन्द गर्ने निर्णय गरेको छ। आईतबार साझ बसेको मन्त्रीपरिषद् बैठकको उक्त निर्णयपछि सुदूरपश्चिममा पनि सञ्चालनमा रहेका सबै सीमानाका बन्द हुने भएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरकारको पछिल्लो निर्णयले गौरीफन्टा  र खक्रौला नाका पनि बन्द भएको जानकारी दिए।

बोहराले सीमानाका बन्द भएपनि दैनिक उपभोग्यका समाग्रीको आयात निर्यात भने रोकिने छैन्। भारतसँगको सहमतीमा कैलालीमा गौरीफन्टा र खक्रौला बाहेकका सबै सीमा नाका स्थानीय प्रशासनले यसअघि नै बन्द गरेको थियो। यस्तै कञ्चनपुरको गड्डाचौकी नाका पनि बन्द भएको छ।

स्थानीय प्रशासनले मंगलबारदेखि नाकाको आवागमन रोक्ने निर्णय गरेको थियो तर संघिय सरकारको निर्णयपछि आज बिहान १० बजेपछि नाका बन्द भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। भारतसँग जोडिएका प्रदेशका अन्य जिल्लाका सीमानाका पनि बन्द भएका छन्।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न सीमा नाकाको आवागमन एक हप्ता सम्म रोकिएको हो। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार