बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हिमाली
  • कोराना भाईरसलाई लक्षित गरि हिमाली गाउँपालिकाले स्वास्थ्यकर्मीकाे व्यवस्था

कोराना भाईरसलाई लक्षित गरि हिमाली गाउँपालिकाले स्वास्थ्यकर्मीकाे व्यवस्था

  • आइतवार, चैत्र ९, २०७६
कोराना भाईरसलाई लक्षित गरि हिमाली गाउँपालिकाले स्वास्थ्यकर्मीकाे व्यवस्था

बाजुरा ९ चैत– बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले नोबेल कोराना भाईरस (कोविड १९) लाई लक्षित स्वास्थ्य कर्मचारीहरुको व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारी एकै चोटी नियुक्ति गरेको छ । भौगोलिक विकटता तथा पिछडिएको क्षेत्रमा पर्ने बाजुरा जिल्लाको हिमाली गाउँपालिका हुम्ला जिल्ला, मुगु जिल्ला र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका रहेकोले स्थानीयमा त्रास नहोस भन्न सो कार्य गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्लले बताएका छन् ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार हिमाली गाउँपालिकामा जम्मा ७ वडाहरु रहेकोमा हाल जम्मा २ वटा स्वास्थ्य चौकी मात्र रहेका तथा अस्पताल र डाक्टरको पहुँचबाट निकै टाढा रहेकोले जनताहरु स्वास्थ्य सेवाको पहुँचमा आउन नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै सवै नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन एकै पटक २७ जना स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारी भर्ना लिइएको बताएका छन् ।
हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनसार विश्वव्यापीरुपमा फैलिरहेको कोराना भाईरस र गाउँपालिका भित्र फैलिरहेको भाइरल जन्य मौसमी रुगाखोकी इन्फ्लुन्जाको महामारी नियन्त्रण गर्नेकामा सहयोग पुगोस भन्ने उद्देश्यले एकै पटक सवै वडामा स्वास्थ्यकर्मी तथा सहयोगीलाई नियुक्ति गरी परिचालन गर्न लागिएको बताए ।
नेपाल सरकारको नीति तथा सविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा नागरिकले निशुल्क पाउनु पर्ने मौलिकहकको व्यवस्थालाई कार्यान्वयन गर्न तथा स्वास्थ्य सबै नागरिकलाई उपलब्ध गराउन गाउँपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न गाउँपालिकाले यस्तो महत्वपूर्ण काम अगडी बढाएको कुरा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार