शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा बिस्फोट, एकजनाको मृत्यु

कैलालीमा बिस्फोट, एकजनाको मृत्यु

  • आइतवार, चैत्र ९, २०७६
कैलालीमा बिस्फोट, एकजनाको मृत्यु
फाइल फाेटाे

कैलालीको गोदावरीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने बस्तु बिस्फोट हुँदा   ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले  जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर बिकको मृत्यु भएको बताए।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटना स्थल तर्फ प्रस्थान गरेको छ।

चर्चामा

सम्बन्धित समाचार