बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाद्धारा डाब बजारमा हेल्प डेक्स स्थापना

बुढीगंगा नगरपालिकाद्धारा डाब बजारमा हेल्प डेक्स स्थापना

  • शनिबार, चैत्र ८, २०७६
बुढीगंगा नगरपालिकाद्धारा डाब बजारमा हेल्प डेक्स स्थापना

बाजुरा ८ चैत्र- बिश्वाब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) सचेतनाको लागी बुढीगंगा नगरपालिकाद्धारा बाजुरा र अछामको सिमाना डाब बजारको इकडी गाड पुल नजिकै हेल्थ डेक्स स्थापना गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले बाजुरा जिल्लाका सबै स्थानिय तहका लाई आ आफ्नो सिमा क्षेत्र बढी नागरिक आवत जावत गर्ने स्थानमा हेल्थ डेस्क स्थापना गर्नु पने अनुरुपका साथ बुढगिंगा नगरपालिकाले साफे मार्तडी सडक खण्डकोमा पर्ने बुढीगंगा नागरपाकिा १० को डाव बजारमा डेक्स स्थापना गरिएको नगर प्रमुख दिपक बिक्रम शाहले जानकारी दिए ।
एक जना एचए र एक जना ल्याव गरि दुईजना स्वास्थ्य कर्मी र दुई जना प्रहरी खटाईएको बुढीगंगा नगरपालिकाका स्वास्थय संयोजग दिपक शाहले जानकारी दिए । आज पहिलो दिन २ सय ८६ जानको सामान्य सोधपुछ गरेर चेक जाच भएको शाहले बताए । भाईरस चेक गर्ने थर्मा मिटर, मास्क,सेनिटाईजर लगाएतका सामग्रीहरु आवश्यक हुन्छ । त्यो बजारमा छैन नपाएर सामान्य सोधपुछ मात्र गर्ने गरेको संयोजग शाहले बताए ।
पहिलो दिन २ सय १ जना पूरुष ४५ जना महिला मध्य ४० जना भारतबाट आएर अन्य धनगढी काठमाण्डौ महेन्द्रनगरबाट आएको तथ्याङ्ग रहेको छ । भारतबाट आएकाहरुलाई त गड्डा चौकी र गौरी खण्डा नाकामा पनि चेक भएकार आएको उनीहरुले बताएका छन् ।
भाईसर चेक गर्ने मेसिनहरु नपाएपछि चेकका लागी बसेका स्वास्थ्यकर्मीर सुरक्षाकर्मीहरु पनि सुरक्षा जोखिममा परेको र मेसिन बिना चेकमा बस्न समेत आनाकारी गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार