शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • लखनउमा चार जनामा कोरोनाको संक्रमण

लखनउमा चार जनामा कोरोनाको संक्रमण

  • शनिबार, चैत्र ८, २०७६
लखनउमा चार जनामा कोरोनाको संक्रमण

उत्तर प्रदेशको राजधानी लखनउमा चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार चार जनामा कोरोनाको संक्रमण देखा परेको हो। जसमा बलिउड गायक कनिका कपूर पनि छिन्।

‘कनिका कपूर आफैले सोशल मीडियामा यसको बारेमा जानकारी दिएको छिन्, उनमा कोरोना भाइरस संक्रमण पाए पछि लखनउमा हलचल मच्चिएको छ।’ हिन्दी बिबिसीले समाचार लेखेको छ।

कनिका कपूर केही समय अगाडि मात्रै लन्डनबाट फर्किएकी थिईन्। लन्डनबाट आइसकेपछि कनिका कपूरले लखनऊमा दुई, तीन ठूला पार्टीहरूमा कलाकारको रूपमा भाग लिएकी थिईन्। ति कार्यक्रममा धेरैको सहभागीता रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार