मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउपालिकामा बिस्फोट गरिएकाे बमको जिम्मा बिप्लब समुहले बिज्ञप्ती मार्फत लिए

जगन्नाथ गाउपालिकामा बिस्फोट गरिएकाे बमको जिम्मा बिप्लब समुहले बिज्ञप्ती मार्फत लिए

  • शुक्रबार, चैत्र ७, २०७६
जगन्नाथ गाउपालिकामा बिस्फोट गरिएकाे बमको जिम्मा बिप्लब समुहले बिज्ञप्ती मार्फत लिए

बाजुरा ७ चैत्र- बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाको गेटमा विस्फोट गराएको बमको जिम्मेवारी सरकारद्धारा प्रतिबन्ध नेत्र विक्रम चन्द(विप्लव) समुहले लिएको छ । विप्लवका कार्यकर्ताले मंगलबार एक विज्ञप्ती मार्फत जिम्मा लिएकाे बताईएकाे छ । गाउँपालिकाको गेटमा अज्ञात समुहले गएको चैत्र ३ गते बम विस्फोट गरेको थियाे।
विप्लव समुहको बिज्ञप्तीमा गाउँपालिकाका अध्यक्ष कालीबहादु शाहीले जनताका हित विपरित कार्य गर्दै भ्रष्टाचार गरेकाे, कर्मचारी नियुक्तीमा मनोमानी र स्थानीय जनताका गुनासोलाई बेवास्ता गर्दै उल्टै अध्यक्षले धम्क्याउने गरेको आरोप लेखिएकाे छ । अध्यक्षलाई पटक पटक सच्चिन आग्रह गर्दा व्यवास्ता र अटेर गरेपछि बाध्य भएर गेटमा बम विस्फोट गरेको भनिएको छ ।
गाउँपालिकाका जनताका अधिकारलाई कुण्ठित गर्दै योजनाहरु ठेका मार्फत आफैले लिने गरेको र नभए आफन्तलाई दिएर घुस लिने गरेको आरोप लगाइएको छ । यस्तै गाउँपालिका योजनाहरुबाट अध्यक्षले कमिसन मागेर पदको दुरुपयोग गरेको, अध्यक्ष शाहीको गाउँपालिका जिल्लाको सबै भन्दा बढी भ्रष्टाचारी रहेको विज्ञप्ती सहित बम विफोस्टको जिम्मेवारी लिएको विज्ञप्तीमा लेखिएको छ ।
गाउँपालिकामा बम विस्फोट गराउने विप्लव समुहले औपचारिक रुपमा जिम्मेवारी नलिएपनि विज्ञप्ती मार्फत जिम्मेवारी लिएको छ उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएकाे छ । घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराइले जानकारी दिए । सो क्षेत्रमा विप्लव समुहले चन्दा संकलन तथा पार्टीका संगठन विस्तार कार्य गर्दै आइरहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार