शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मुक्तकहरु…

कलक राेकाया सानुका मुक्तकहरु…

  • मङ्लबार, चैत्र ४, २०७६
कलक राेकाया सानुका मुक्तकहरु…

१- संगै बसि मिठाे बात गरु-गरु लाग्छ,
उकाली बाट अाेराली झरु-झरु लाग्छ।
यादै-यादमा रातदिन सम्झिएर बसेपछी,
उसकाे दिलमा फाैडी खेली तरु-तरु लाग्छ।
२- भरपुर अानन्द ति साथ बिर्सिने छैन,
गरेका अझै मिठा बात बिर्सिने छैन।
त्याे दिनकाे साझमा भेट हुदा बसेकाे,
कहानि लाग्दा ती रात बिर्सिने छैन।
३- उ तिम्रै पाउमा पर्दा सजक भैदिनु,
अर्काकाे कुरा गर्दा सजक भैदिनु।
उ खुरापातिकाे सन्तान हाेकि क्याहाे,
नजिक भै अघि सर्दा सजक भैदिनु।
४- बाेल्नुस् न सत्य कुरा लुकाउनु किन,
कसैकाे दिल घरिघरि दुखाउनु किन।
गाेप्य कुरा गाेप्य राख्नै पर्छ नि हजुर,
शत्रुकाे अगाडि सबै फुकाउनु किन।
५- बिश्वास घातले मनै बिग्रे पछी,
अान्तरिक दन्दले झनै बिग्रे पछी।
सुन्दर्ता र भावन हरायाे अाजकाल,
कालाे कर्तुतले कमाएकाे धनै बिग्रे पछी।

~कलक राेकाया सानु
गाैमुल गाउपालिका-६ सालीकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार