• होमपेज
  • समाज
  • कैलालीमा गौरीफन्टा र खक्रौला बाहेकका नाकामा आवागमन बन्द

कैलालीमा गौरीफन्टा र खक्रौला बाहेकका नाकामा आवागमन बन्द

  • मङ्लबार, चैत्र ४, २०७६
कैलालीमा गौरीफन्टा र खक्रौला बाहेकका नाकामा आवागमन बन्द

कैलालीमा भारतसँग जोडिएका गौरीफन्टा र खक्रौला बाहेकका अन्य नाकामा आवागमन रोक लगाईएको छ। सोमबार गौरीफन्टामा बसेको नेपाल–भारतका अधिकारीहरुको संयुक्त बैठकले जिल्लाका दुई नाकाबाट मात्र आवातजावत गर्न दिने सहमती गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गौरीफन्टा र खक्रौला नाकामा उच्च सर्तकता अपनाउदै आवागमन गर्न दिने सहमती भएको जानकारी दिए। अन्य नाकामा भने आवागमनमा रोक लगाउने निर्णय भएको प्रजिअ बोहराले बताए। यस्तै सीमाबाट आवतजावत गर्नेहरुको परिक्षण थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।

भारतले तत्काल एकै पटक धेरै व्यक्तिलाई कोरोनाको लक्षण परिक्षण गर्न सकिने मेसिन राख्ने भनेको बताउँदै प्रजिअ बोहराले नेपालतर्फ पनि सोही खालको मेसिन राख्ने विषयमा पहल भईरहेको बताए। दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार