शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • दुर्गमका महिला खुलेर स्थायि बन्ध्याकरण गर्दै

दुर्गमका महिला खुलेर स्थायि बन्ध्याकरण गर्दै

  • सोमवार, चैत्र ३, २०७६
दुर्गमका महिला खुलेर स्थायि बन्ध्याकरण गर्दै

स्वामिकार्तिक गाँउपालिका १ साप्पाटा बस्ने अम्ला रोकायाले (नाम परिर्वतन) ६ वटा सन्तान जन्माइन् । उनलाई पहिला परिवार नियोजनाको साधान सम्बन्धि कुनै जानकारी थिएन् । स्वास्थ्यकर्मीले उनलाई परिवार नियोजन सम्बन्धि जानकारी गराएपछि उनले मिनिल्याप स्थायि बन्धाकरण गरेकी छन् ।
अम्लाले भनिन् पहिला परिवार नियोजनको साधन भन्ने जानकारी पनि थिएन्, अर्को समाजमा परिवार नियोजन गर्नुहुन्न भन्ने परम्परागत मान्यता थियो । अहिले आएर स्थायि बन्ध्याकरण गरेको उनले थपिन् । कोल्टि प्रथामिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिबिरमा अम्लाले स्थायि बन्ध्याकरण गरेकी हुन् । शिबिरमा उनि लगायत ४८ जना महिलाहरुले मिनिल्यापको अप्रेसन गरेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । स्थायि बन्ध्याकरण सेवा लिन बाजुरा सँगै छिमेकी जिल्ला हुम्ला र मुगु बाट आएका थिए ।
बाजुराको उत्तरी क्षेत्रका चार वटा स्थानिय तह, हुम्ला र मुगुका महिलाहरु स्थायि बन्ध्याकरण ज्यादै न्युन गर्ने गरेका थिए । महिलाले कडा परिश्रम गर्नुपर्छ, बन्धाकरण गर्दा कमजोर हुन्छन भन्ने मानसिकता रहेको थियो । तर अहिले भने महिलाहरु पनि खुलेर नै स्थायि बन्ध्याकरण गर्दै आएको बुढिन्नदा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीले वताएका छन् । यो क्षेत्रका महिलाहरु धेरै बच्चा जन्माउने गरेका छन् । परिवार नियोजन प्रयोग गर्नु हुदैन्, लाज मान्न जस्ता गरेका थिए अहिले भने खुलेर नै परिवार नियोजन सेवा लिने गरेका छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चैत २ र ३ गते सम्म सचांलन भएको परिवार नियोजन स्थायि बन्ध्याकरणमा पहिलो पटक धेरै महिलाले स्थायि बन्ध्याकरण गरेका छन् । पहिला पहिलाको शिबिरमा महिलाहरु बन्ध्याकरण गर्न खासै आउनै नमान्ने गरेका थिए यो पालि भने सोचे भन्दा बढि आएको बुढिनन्दा नगरपालिका निमित्त प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले वताए । गाँउमा घरमा परिवार नियोजन सम्बन्धि चेतना फैलाउदै गएपछि सेवा लिनेको संख्या बढेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
स्वास्थ्य कार्यलय बाजुराको आयोजनमा भएको शिबिरमा नेपाल परिवार नियोजन संघ डोटिको प्राबिधिक सहयोग रहेको थियो । शिबिरमा महिलाहरुलाई मिनिल्याप सेवा र पुरुषहरुका लागि भेसेक्टोमी सेवा दिइएको थियो । शिबिरमा एमडिजिपि डाक्टर एम बहादुर बस्नेत सहितको स्वास्थ्यकर्मीले सेवा दिएका थिए । परिवार नियोजन सेवा लिइसकेकालाई महिला र पुरुष सेवाग्राहिलाई बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरी एउटा कम्बल र एकछाक खाना मासु दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार