बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रकाश थापाकाे हासाे पीरतीकाे गजल

प्रकाश थापाकाे हासाे पीरतीकाे गजल

  • सोमवार, चैत्र ३, २०७६
प्रकाश थापाकाे हासाे पीरतीकाे गजल

खुली रहोस ओठमा सधैं हाँसो पिरतीको ।
अल्झि रहोस जुनि भरी पासो पिरतीको ।।

सुख दुख जिन्दगीलाई जिउन सिक्नुपर्छ ।
फराकिलो बनोस सधैँभरी बाटो पिरतीको ।।

हाँसोआँसु सबै आधाआधा बाँडेर लिउला ।
एकअर्कामा कहिले नहोस फाटो पिरतीको ।।

आफ्नो कर्ममा विश्वासगर्नु मुल्य नचुकाई ।
कुराकाट्नेले जती गरून चासो पिरतीको ।।

प्रकाश थापा
बुढीगंगा नगरपालिका 5 नाैबिस बाजुरा
हाल : काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार