बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पारस रावलको गुलाबको फूल

पारस रावलको गुलाबको फूल

  • आइतवार, चैत्र २, २०७६
पारस रावलको गुलाबको फूल

दुबै हातमा गुलाबको फूल बोकेर नबोलाउ ।
मान्छेले संका गर्छन बाटोमा रोकेर नबोलाउ ।।
बजारमा मित्र भन्दा धेरै जसो सत्रु भेटिन्छन् ।
दाया बाया नहेरी तोकेर नबोलाउ ।।
तिमि आफूलाई मात्र बाठी ठान्छौ लाटी ।
थाहा पाउछन इसारा खोकेर नबोलाउ ।।
देब्रे आँखा नझिम्काउ यो मुटु ढुकढुक हुन्छ ।
मन थाम्न सक्दैन ओठ टोकेर नबोलाउ ।।
म मात्र जिम्मेवार हुन्न है अहिले नै भनिदिया छु ।
तल माथि हुन सक्ला दैलो ठोकेर नबोलाउ ।।
पारस रावल
(बुढीगंगा नगरपालिका १० बाह्रविस बाजुरा)

चर्चामा

सम्बन्धित समाचार