कानुनले छुवाछूत वा जातका आधारमा गरिने विभेदलाई निषेध गरेकोे साढे पाँच दशक बितिसकेको छ । व्यवहारमा अझै पनि विभेद हट्न सकेको छैन, बरु दलका नेता र जनप्रतिनिधि नै जातीय विभेदका सिकार भइरहेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन प्रतिवेदन, ०७६ का अनुसार कानुनमा जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय बनाए पनि कानुन कार्यान्वयन गर्ने निकायले उजुरी लिनै मान्दैनन् । सरकारवादी मुद्दामा किटानी जाहेरी पर्दासमेत दोषीलाई पक्राउ गर्न प्रहरीले साइत कुरेर बस्छ ।
घटना १ : कांग्रेस महाधिवेशन प्रतिनिधिबाटै दलित विद्यार्थी संघका अध्यक्षमाथि दुर्व्यवहार
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती बस्ने नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार गत १६ फागुनमा रामेछाप नेविसंघको अधिवेशनमा गए । आफूलाई रामेछाप नलगेको भन्दै गोकर्णेश्वर नगरपालिका–२ का सरोज बस्नेतले जोरपाटीमा भएको एक रात्रिभोजमा १७ फागुन राति अपाच्य शब्द प्रयोग गरी कामीको व्यवहार देखाइस् भनी धम्की दिए, दुव्र्यवहार गरे । त्यतिवेला बस्नेतले दुव्र्यवहार गरे पनि सुनारले प्रतिकार गरेनन् । उनी त्यहाँबाट बाहिरिए । जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय बनाए पनि कानुन कार्यान्वयन गर्ने निकायले उजुरी लिनै मान्दैनन् । सरकारवादी मुद्दामा किटानी जाहेरी पर्दासमेत दोषीलाई पक्राउ गर्न प्रहरीले साइत कुरेर बस्छ ।
स्नेतले पुनः फोन गरी जातीय भेदभादपूर्ण शब्द प्रयोग गरी धम्क्याएर भेट्न बोलाए । भेटमा सुनार र बस्नेतबीच भनाभनसमेत भयो । त्यही राति बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा ‘नेकाको दलित कोटामा प-या कामी राजु सुनवारलाई कामी भन्न नहुने रे, कोटा कामीको लिने अनि आफूलाई कामी भनाउन लाज लाग्ने’जस्ता विभिन्न अपशब्द प्रयोग गरी स्टाटस लेखे ।
बस्नेतले आफ्नो मात्रै नभई समग्र दलित समुदायकै आत्मसम्मानप्रति आँच आउने कार्य गरेको सुनारले जातीय छुवाछूत तथा भेदभावसम्बन्धी कसुरमा महानगरीय प्रहरी परिसर टेकुमा १९ फागुनमा उजुरी दिए । २१ फागुनमा काठमाडौं जिल्ला अदालतले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी ग-यो ।
प्रहरी परिसर टेकुले २२ फागुनमै पक्राउ गरी दाखिला गर्न बौद्ध प्रहरी वृत्तलाई पत्राचार गरेको छ । २३ फागुनमा बौद्ध वृत्तले गोकर्ण प्रहरी प्रभागलाई पुनः पक्राउ गरी दाखिला गराउन भनेको छ । तर, पक्राउ पुर्जी जारी भएको १० बित्दा पनि बस्नेत पक्राउ परेका छैनन् । सुनार कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि हुन् ।
घटना २ : आफूलाई गालीगलौज गर्ने कर्मचारीविरुद्धको मुद्दा वडाध्यक्षले फिर्ता लिए
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ का सहायक लेखापाल रामप्रसाद संज्याल २१ फागुनमा मदिरा सेवन गरेर कार्यालय पुगे । वडाध्यक्ष रंगराज सार्कीले मदिरा सेवन गरी कार्यालय नआउन भन्दा संज्याल वडाध्यक्ष सार्कीमाथि खनिए । संज्यालले वडाध्यक्ष सार्कीलाई कार्यकक्षमै अपशब्द प्रयोग गरी गालीगलौज मात्रै गरेनन्, वडाध्यक्षको कुर्सी डुमले बस्ने कुर्सी नभएको भन्दै कार्यालयबाटै बाहिर निस्किन भने ।‘तँ… डुम कमारा यो कुर्सीमा बस्ने, यो डुमले बस्ने कुर्सी होइन, तँ डुम कमाराले यो कार्यालयमा बस्नै मिल्दैन, कार्यालयभित्रै नपस् बाहिर निस्की, … कमारा भनी मलाई अपशब्द बोली म वडाध्यक्षलाई जातीय विभेद हुने गरी अपशब्द बोली दुर्व्यवहार गरेको ।’
संज्यालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्ष सार्कीले दिएको उजुरीमा लेखिएको छ, ‘तँ… डुम कमारा यो कुर्सीमा बस्ने, यो डुमले बस्ने कुर्सी होइन, तँ डुम कमाराले यो कार्यालयमा बस्नै मिल्दैन, कार्यालयभित्रै नपस् बाहिर निस्की, … कमारा भनी मलाई अपशब्द बोली म वडाध्यक्षलाई जातीय विभेद हुने गरी अपशब्द बोली दुर्व्यवहार गरेको ।’
संज्यालले ७ फागुन बेलुकी फोनमा समेत गालीगलौज गरेका थिए । वडाध्यक्ष सार्कीले २४ फागुनमा जिल्ला प्रहरीमा उजुरी दिए । डिएसपी श्यामबाबु ओलियाका अनुसार पत्रकार सम्मेलनसमेत गरेर उजुरी दर्ता गरेका वडाध्यक्ष आफैँले उजुरी फिर्ता लिए । विवाद गाउँमै मिल्यो ।
घटना ३ : धनगढी उपमहानगर प्रमुखमाथि सामाजिक सञ्जालमै गालीगलौज
कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले २२ फागुनमा केही दिन विद्यालय बन्द गर्ने निर्णय गरे । योे विषयले सामाजिक सञ्जाल फेसबुकमा पनि चर्चा पायो । धनगढी उपमहानगरपालिका–३ का चन्द्र कार्कीले ‘डुम कि बुद्धि कोथला समाल’ भन्दै कमेन्ट गरे । २४ फागुनमा दलित अगुवा चन्द्रबहादुर विक र प्रेमसिंह विकले कार्कीविरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुरमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । कैलाली जिल्ला प्रहरीका डिएसपी दक्ष बस्नेतका अनुसार कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएर अहिले खोजतलास भइरहेको छ ।
घटना ४ : सरकारी कर्मचारीको घरमा कानुनकी विद्यार्थीमाथि विभेद
काठमाडौंको तारकेश्वर नगरपालिका–१० हिलेटोलका श्रीकृष्ण विडारीले कोठा भाडामा बसेका विद्यार्थीलाई दलित भएको भन्दै कोठा छाडेर जान दबाब दिए । १३ मंसिरमा भाइबहिनीसहित आठ हजारमा दुईवटा कोठा भाडामा लिएर बसेकी कैलालीकी दीपा नेपालीले जात थाहा पाएपछि भोलिपल्टबाटै कोठा छाड्न दबाब दिएको भन्दै २१ फागुनमा महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी गरिन् ।
प्रहरीले अदालतबाट पक्राउ पुर्जी लियो, तर, पाँच दिनसम्म पक्राउ गरेन । सांसद र अधिकारकर्मीसहितको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई २८ फागुनमा ज्ञापनपत्र बुझायो । गृहको निर्देशनपछि २८ फागुनमा गृहकै कर्मचारीसमेत रहेका विडारीसहित श्रीमती राधिका, सँगै बस्ने डेरावाल जनक ढुंगाना र उनकी श्रीमती सन्तोषी पक्राउ परे । कानुनमा एलएलबी र अंग्रेजी स्नात्तकोत्तर गर्दै गरेकी दीपा अनेरास्ववियुकी नेतृसमेत हुन् । साभार नयाँ पत्रिका दैनिक