शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • यस्तो भगवान, पत्थर कसले बनायो

यस्तो भगवान, पत्थर कसले बनायो

  • शुक्रबार, फाल्गुन ३०, २०७६
यस्तो भगवान, पत्थर कसले बनायो

कुदेर यस्तो भगवान, पत्थर कसले बनायो ?
ढुङ्गा पुज्ने यो मानव, खप्पर कसले बनायो??

जायज हुनुपर्ने होनि, विभेद छ किन जातमा,
मायाको गोरेटो भरी, अक्कर कसले बनायो??

तिरी हाल्थे नि बिस्तारै, सावा त्यो मायाको आफै,
ब्याज स्याज प्याज आज, दोब्बर कसले बनायो??

गिठ्ठा तरुल स्क्वास यी, थुप्रोछन् माटोमुनी हुने,
आलु जस्तै फेरि यो, सक्खर कसले बनायो??

आँखाहरु लोलाउने, छदै छन् तमाम यहाँ,
अरे नाकै लोभ्याउने, अत्तर कसले बनायो??
-सुरेन्द्र शाही “गुलाब कान्छो”

चर्चामा

सम्बन्धित समाचार