शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुवा र छोरी सँगै बार्षिक परिक्षा दिदै

बुवा र छोरी सँगै बार्षिक परिक्षा दिदै

  • शुक्रबार, फाल्गुन ३०, २०७६
बुवा र छोरी सँगै बार्षिक परिक्षा दिदै

बुढिगंगा नरगालिका १० सिगाडा माबिमा बुवा र छोरी सँगै बार्षिक परिक्षा दिइरहेका छन् । ३६ बर्षका बिस्नु साउद कक्षा ९ को परिक्षा दिइरहेका छन् भने उनकि छोरी ११ बर्षकि सिर्जना कुमारी साउद कक्षा ४ को बार्षिक परिक्षा दिइरहेको बिद्यालयका शिक्षक ह‌ंश विकले वताएका छन् ।
पढन उमेरले पनि छेक्दैन भन्ने उहादरण ३६ बर्षका बिस्नु साउद बनेका छन् । सामान्य लेखपढ नभए काम छैन्, सानो ब्यापार गर्नका लागि पढनु पर्ने आबश्यक ठानेपछि कक्षा ९ मा भर्ना भएर पढाइ शुरु गरेको बिस्नु साउदले वताए । उनि वडा नम्बर १० को वडा कार्यलयमा कार्यलय सहयोगिका रुपमा कार्यरत छन् । बार्षिक परिक्षमा बुवा र छोरी अहिले बिद्यालयमा एउटै बेञ्चमा परिक्षा दिइरहेको शिक्षक विकले वताएका छन् । बिद्यालयले सिट ब्यबस्थापन गर्दा सम्योगबस एउटै बेञ्चमा परेको बिद्यालयले जनाएको छ ।
बिस्नु साउदले बिद्यालय छोडेको २० बर्ष भएको थियो । गएको बर्ष कक्षा ८ मा उनि भर्ना भएका थिए । कक्षा ८ मा राम्रो अंक ल्याएर पास भएको बिद्यालयलय जनाएको छ । उनको १० बर्षको छोरा तप्रेन्द्र साउद कक्षा २ मा त्यहि बिद्यालयमा पढिरहेका छन् । उनकी श्रीमति भने सामान्य साक्षर मात्र रहेका छन् । बुवा र छोरीले सँगै एउटै बिद्यालयमा माबि स्तरमा पढिरहँदा गाँउमा अरुलाई पनि पढनु पर्छ भन्ने धारणा गएको सिगाडा माबिका प्रअ बिश्नुध्वज शाहले वताएका छन् । बिस्नु कक्षा ९ मा भर्ना मात्र नभइ बिद्यालयमा नियमित आएर पठनपाठन गर्ने गरेको शाहले वताएका छन् । वडा कार्यलय पनि बिद्यालय सँगै जोडिएकाले उनि नियमित कक्षा लिदै आएका थिए । बिस्नु भन्छन् एसईइ त जसरी पास गर्छु, त्यो भन्दा माथिको शिक्षा पनि सकेसम्म पढने बताउँछन् ।

.

चर्चामा

सम्बन्धित समाचार