बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाको कार्यालयमा आगलागी सम्बन्धी यस्तो आयो बिज्ञप्ती

बुढिगंगा नगरपालिकाको कार्यालयमा आगलागी सम्बन्धी यस्तो आयो बिज्ञप्ती

  • बिहिबार, फाल्गुन २९, २०७६
बुढिगंगा नगरपालिकाको कार्यालयमा आगलागी सम्बन्धी यस्तो आयो बिज्ञप्ती

बाजुरा २९ फागुन– बुढिगंगा नगरपालिकाको कार्यालयमा बिद्युत सट भएर आगलागी भएको बिषयमा नगरपालिकाले दुख ब्यक्त गर्दै बिज्ञप्ती समेत निकालेको छ । बुधवार राति बिधुत्त सटभएर आगलागि भएको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


आगलागि बाट नगरपालिकाको कृषि शाखा, स्वास्थ्य शाखा, प्रधान मन्त्री रोजगार शाखमा पुर्णरुपमा क्षति भएको छ । आगलागि बाट ३६ लाख बराबरको क्षति भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यलयमा रहेका कम्पुटर, प्रिन्ट, औषधि, उपकरण लगायतका सामानहरु जलेर नष्ट भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा आगलागी हुदा आगो नियन्त्रणका लागि सहयोग गर्ने सबैलाई धन्यबाद समेत ब्यक्त गरेको नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । सो बिज्ञप्तीका अनुसार भोलीदेखी नियमीत कार्यलयका काम सुचारु पनी हुने उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार