बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साइनो,सिर्जना र बहस

साइनो,सिर्जना र बहस

  • बिहिबार, फाल्गुन २९, २०७६
साइनो,सिर्जना र बहस

 कविताको नयाँ बिधा साइनो-आकस्मिक रुपमा २०७६।४।१६देखि साइनो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि छायादत्त न्यौपाने ‘बगर’, केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री समेत धेरै साथीहरुबिच साइनो र यसको संरचना बारे (साउन २२ गतेदेखि) व्यापक छलफल हुँदै आएको छ । यी र यस्ता छलफल फेसबुक वालमा त झन् धेरै हुँदै आएका छन् । साइनोको संक्षिप्त परिचय, शीर्षकको लेख,शब्दाङ्कुर साहित्यिक मासिक, असोज (अङ्क,२१६) २०७६ । विद्युतीय प्रतिक्रिया, प्रतिक्रिया शब्दाङ्कुर साहित्यिक मासिक, कात्तिक (अङ्क,२१७) २०७६ । साइनोबारे अलिकति कुरा, लेख र रचनाहरु, शृङ्खला साहित्यिक मासिक, कात्तिक (अङ्क,१४६) २०७६ । नयाँ विधाको सैद्धान्तिक विमर्श, परिभाषाहरु समेत लेख, शब्द संयोजन साहित्यिक मासिक, पुस (अङ्क, १८८)२०७६ । साइनो सम्बन्धी सैद्धान्तिक विमर्श, परिभाषाहरु समेत लेख अग्निचक्र राष्ट्रिय मासिक,पुस (अङ्क,१०४) २०७६ । साइनो (निबन्ध) पुस्तकालय आवाज मासिक, पुस (अङ्क,६) २०७६ । साइनो बारे अलिकति कुरा परिचय र रचनाहरु,गाउँले देउराली साप्ताहिक मासिक, कात्तिक, २०७६ । साइनो सिर्जना सन्दर्भ (विस्तृत जानकारीसहित), नवप्रज्ञापन साहित्यिक त्रैमासिक,(अङ्क ८७) २०७६ । अरनिको टिभी कौशिला रिसाल र जीबहसमा तिलक तिवारीसँग तथा रेडियो अन्नपूर्णमा साइनो बारे छविरमण सिलवालसँग संवार्ता । नयाँ विधा ः साइनोको विकास, झापा पोस्ट राष्ट्रिय दैनिक र ब्लास्ट राष्ट्रिय दैनिक १८ माघ,२०७६ । काठमाडौं बाट संचालित sansarnews online न्युजबाट बिभिन्न समयमा क्रमशः छायादत्त न्यौपाने बगर, बालकुमार क्षेत्री, केशव ज्ञावलि,सुरेन्द्र शाही, खेलमलाल पोखरेल र बिष्णु पादुकाका साइनोबारे लेखहरु प्रकाशित भइसकेका छन् सन्सार न्युजले प्रत्येक शनिवार दुई जना सर्जकको ५/५ साइनो प्रकाशित गर्दै आइरहेको छ ।त्यसैगरी Badimalika khabar ले पनि माथी उल्लेखित लेखकहरुको लेख प्रकाशित गरिसकेको छ। सुरेश काफ्ले बिदारकले साइनो संसार पेज खोल्नुभएको छ।त्यस पेजमा प्रमुख चारजना एड्मिनहरु रहनु भएको छ, क्रमशः छायादत्त न्यौपाने “बगर”, सुरेश काफ्ले “बिदारक”, बालकुमार क्षेत्री “साइनो” र सुरेन्द्र शाही गुलाब “कान्छो”।बालकुमार क्षेत्री द्वारा संचालित कार्यक्रम साइनो संसार लाइभ कार्यक्रम जारी रहेको छ।भिडियोमा पनि साइनो संरचना र बिकास बारे छलफल गरिएको छ।यस कार्यक्रमका सह सन्चालकहरु- सुरेन्द्र शाही,मिना डाङी र कमला ढकाल रहनुभएको छ।वहहरुले पनि लाइभ कार्यक्रम संचालन गरिसक्नु भएको छ। विभिन्न साहित्यिक कार्यक्रमहरुमा केशब ज्ञावली, बद्री उप्रेती र सुरेन्द्र शाहीले साइनो वाचन गरिसक्नु भएको छ। बालकुमार क्षेत्रीले २०७६ असोज देखि साइनो चौपारी ग्रुप सन्चालन गर्नुभएको छ, यश ग्रुपमा दिनहुँ साइनो बिकास र सिधान्त, लय र छन्द बारे छलफल गरिन्छ,गरिएको छ, साथै साइनोको तीन हरफ हरु मध्य पहिलो र दोश्रो हरफलाई दोहोर्या एर र अन्तिम हरफ लाई एकपटक मात्र वाचन गर्ने कुरालाई स्थायित्व दिने निर्णय गरिएको छ।साइनाे सिद्धान्त बारे विभिन्न कार्यक्रममा साइनाेहरु वाचन सहित मन्तव्य:- छायादत्त न्यौपाने “बगर” साइनो प्रणेता स्वयं , केशव ज्ञावलि र खेमलाल पोखरेलले दिइसक्नु भएको छ। सुन्दर सुयोग,२०७६ माघ, साइनो कविता सङ्ग्रहको लागि शुभकामना मन्तव्य, साहित्यिक गोष्ठीहरुमा यसबारे पटकपटक मन्तव्य, सामाजिक सञ्जालमा बहसजस्ता साइनोको संरचना र सिद्धान्त सम्बन्धी थुप्रै (ठाउँमा फरकफरक शीर्षकमा) काम स्वयं प्रवर्तक छायादत्त न्यौपाने र साइनोकारहरुबाट हुँदै आएको ऐतिहासिक उपलब्धिलाई बिर्सेर हिँड्ने दुष्प्रयास कहीँ कतैबाट नहोस् ।यति धेरै प्रमाण हुँदाहुदै पनि छायादत्त न्यौपाने बगर बाहेक अरु कसैले पनि साइनोका सिद्धान्तकार हुँ भन्छ भने हाँस्यास्पद कुरा हुनेछ।हाङाबाट पलाएको सिद्धान्तले मूल जरा बिर्सनु हुँदैन । नेपाली मनमाटाले उत्पादन गरेको मौलिक साहित्यिक विधामा केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री, सुरेन्द्र शाही,मिना डाङी, सुरेश काफ्ले बिदारक,हरि चौलागाईं , कृष्ण पौडेल, सीता पन्थी सुवेदी समेत धेरैपटक धेरै जनासँग बहस हुँदै आएको छ । यसको मान मर्दन हुने कुरा साइनोप्रेमी कसैलाई सह्य नहोला । नैतिक मूल्यमा व्यक्ति हाबी हुन खोजेको हो कि भन्ने कतैबाट दुर्गन्ध आउन÷आउन लागेको त छैन ? यति धेरै ऐतिहासिक सूचनालाई उपेक्षा गरी हिँड्ने चेष्टा नहोस् भनेर तथ्य प्रमाणसहित यो सूचना सम्प्रेषण गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार