बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’को उपाधि

मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’को उपाधि

  • मङ्लबार, फाल्गुन २७, २०७६
मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’को उपाधि

जनकपुरधाम : जनकपुर धाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामूर्ख बन्न तम्तयार हुन्छन्। जो सबैको सामुन्ने बिनासंकोच भन्न र स्विकार्छ, कि म ‘महामूर्ख’ हुँ। जनकपुरधाममा हुने उक्त सम्मेलनमा सबैभन्दा ठूलो मूर्ख (महामूर्ख)को उपाधि लिन तँछाड-मछाड हुन्छ। त्यो महामूर्खको उपाधि लिन सामान्य व्यक्ति मात्र नभई समाजमा ‘विद्वान्’कहलिएका राजनीतिकज्ञ, बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार, पत्रकार नेताबीच प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा उत्रिनेमध्ये एक जनाले ‘महामूर्ख’को उपाधि पाउँछन् भने अन्य प्रतिस्पर्धी विभिन्न शीर्षकमा ‘मूर्ख’ को उपाधि पाउँछन्।

यसैबीच, महामूर्ख सम्मेलन ०७६ मा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत ‘महामूर्ख’ भएका छन्। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने व्यंग्यात्मक सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत १३ जनालाई अन्य उपाधि प्रदान गरिएको छ।

को-को मूर्ख, अनि के उपाधि ?

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘महामूर्ख’ को उपाधि पाएका छन्। प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहलाई भभकौवा, प्रदेशसभा सदस्य मनीष सुमनलाई पटमूर्ख, प्रदेशसभा सदस्य राम आशिष यादवलाई हराशंकर, प्रदेशसभा सदस्य रामचन्द्र मण्डललाई विलौर शंकरको उपाधि प्राप्त गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मि श्रलाई टुनमुसरी, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीलाई खापसुरत, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम मि श्रलाई खेसारीलालको उपाधि पाएका हुन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मि श्रलाई लोढा शंकरको उपाधि प्रदान गरेको छ।

यसैबीच, साहित्यकार रोशन जनकपुरीलाई बलगोभना, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई घरघुसना, युवाअभियन्ता सुशील कर्णलाई वंश कुरहर, प्रधानाध्यापक बलराम साहलाई बज्रकिट, साहित्यकार पुनमझा मैथिल अदल-बदलीको उपाधि प्रदान गरिएको छ।

को-को भए ‘महामूर्ख’

०६१ सालबाट हुँदै आएको महामूर्ख सम्मेलनमा पहिलो महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, ०६२ मा एमाले नेता शीतल झा, ०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, ०६४ मा सद्भावना नेता ओमकुमार झा, ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री एवं नेकपा नेता रामचन्द्र झा भएका थिए। ०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, ०६९ मा कांग्रेस धनुषाका सभापति रामसरोज यादव, ०७० मा तमलोपाका पूर्वसभासद् डा. विजयकुमार सिंह र ०७१ मा एमाले नेता एवं सांसद शत्रुधन महतोलाई प्रदान गरिएको थियो।

यसैगरी, ०७२ सालमा स्मशानघाट (स्वर्गद्वारी) बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने ०७३ सालमा मधेस आन्दोलनका क्रममा कार्यक्रम स्थगन गरिएको थियो। ०७४ सालमा राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल र ०७५ सालमा जनकपुरधाम उपमहानगर प्रमुख लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार