बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘कमेडी च्याम्पियन’ फिनाले चैत १ गते : कस्ले मार्ला बाजि ?

‘कमेडी च्याम्पियन’ फिनाले चैत १ गते : कस्ले मार्ला बाजि ?

  • मङ्लबार, फाल्गुन २७, २०७६
‘कमेडी च्याम्पियन’ फिनाले चैत १ गते : कस्ले मार्ला बाजि ?

काठमाडौं / नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले काठमाडौं उपत्यकामा हुने भएको छ । ललितपुरको बालकुमारीस्थित आफ्नै स्टुडियोमा कमेडी च्याम्पियनको फिनालेमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अभिनेता राजेश हमाल पनि सहभागी हुने निर्देशक भण्डारीले जानकारी दिए ।

आउँदो चैत १ गते शनिबार अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म तीन घण्टा हुनेछ। कमेडी च्याम्पियनको विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका हुन्। कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ।

कमेडी च्याम्पियनको फिनाले हेर्न चाहनुहुने इच्छुक दर्शकहरुले इसेवा मार्फत अग्रिम टिकट बुकिङ गर्न सकिनेछ, भने टिक दर प्रतिव्यक्ति रु ३ हजार रुपैयाँ रहेको छ ।

कमेडी च्याम्पियनको चर्को प्रतिस्पर्धाबाट फाइनलमा पुगेका तिनजना धादिङका हिमेस पन्त, रोल्पाका खड्ग बहादुर पुन मगर ( खबपु चञ्चल) र इटहरीका सुमन कोइराला (दले दाइ ) मध्य एकजना भोटिङको आधारमा चैत १ गते नेपालकै पहिलो कमेडी च्याम्पियन बन्नेछ ।

खबपु चञ्चल :- नेपालकै विकट जिल्ला यु’द्धभूमी रोल्पामा जन्मिएका खड्ग बहादुर पुन कमेडी च्याम्पियनको टप २० बाट बाहिरिएर पुन सर्वाधिक भोट ल्याउँदै वाइल्डकार्ड इन्ट्रीबाट टप ७ मा प्रवेश गरेका हुन् । अर्गानिक कमेडियनको ट्याग समेत पाएका खबपु चञ्चलको सामाजिक सञ्जालमा व्यापक चर्चा चलेको छ ।

दले दाई : कमेडी च्याम्पियनबाट दले दाईको उपनाम पाएका इटहरीका सुमन कोइराला जस्को चर्चा सामाजिक सञ्जालमा व्यापक छ । जस्तोसुकै बिषयबस्तुलाई पनि आफ्नै शैलीमा ढालेर प्रस्तुत गर्न सक्ने उनको खुबीलाई तारिफ गर्नै पर्छ । उनले जग्गा दलालि बनेर प्रस्तुत दिएको भिडियो सर्वाधिक रुचाइएको थियो ।

हिमेस पन्त : लजिकल कमेडीयनका रुपमा परिचित धादिङका हिमेस पन्त कमेडीकै कारण विवादमा पनि तानिएका थिए , कमेडीमा भगवानलाई उडाएको भन्दै उनको चर्चो आलोचना समेत भएको थियो । तर, उक्त बिषयमा कमेडी च्याम्पियन परिवार र हिमेस पन्त स्वयम्ले माफी माग्नु परेको थियो । विशेष गरि राजनिती बिषय बस्तुमा दमदार प्रस्तुति दिने हिमेस पन्तको कमेडी भित्र थुप्रै सन्देश मुलक कुराहरु पनि समेटिएको हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार