• होमपेज
  • समाज
  • बाबुरामलाई उछिन्दै मुख्यमन्त्री राउतले पाए महामूर्खको उपाधि

बाबुरामलाई उछिन्दै मुख्यमन्त्री राउतले पाए महामूर्खको उपाधि

  • मङ्लबार, फाल्गुन २७, २०७६
बाबुरामलाई उछिन्दै मुख्यमन्त्री राउतले पाए महामूर्खको उपाधि

काठमाडौं । यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतलाई प्रदान गरिएकोे छ । सोमबार मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा अयोजित महामूर्ख सम्मेलनले राउतलाई महामूर्खको उपाधि प्रदान गरेको हो ।

अध्यक्ष परमेश झा, गत वर्षका महामुर्खको विजेता वृषेशचन्द्र लाल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवलगायतले तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी र प्रशस्तीपत्र प्रदान गरेर महामूर्ख घोषणा गरेका थिए ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, काँग्रेसका उपसभापति विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलगायत मध्येबाट राउतले महामूर्खको उपाधि प्राप्त गरेका हुन् ।

अभियन्ता सुशील कर्णलाई वंश कुरहरिको उपाधि प्रदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार