बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढी डाइग्नोस्टिक्सको तेस्रो बार्षिकोत्सव समापन, दुई जना सम्मानित

धनगढी डाइग्नोस्टिक्सको तेस्रो बार्षिकोत्सव समापन, दुई जना सम्मानित

  • सोमवार, फाल्गुन २६, २०७६
धनगढी डाइग्नोस्टिक्सको तेस्रो बार्षिकोत्सव समापन, दुई जना सम्मानित

गगन अयडी/धनगढी २६ फागुन– धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रलीले सोमबार तेस्रो बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा आईतबार र सोमबार छुट अफरमा होलबडी प्यकेज , मिनि होलबडी प्याकेज सेवा दिएकोमा महिला पुरुष गरी जम्मा ८४ जनाले सेवा लिएका छन् । जसमा आईतबार ५४ जना सोमबार ३० जनाले सेवा लिएको डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निदेशक महेन्द्र साउँद वताए । धनगढी उप — महानगरपालिका ५ टिसीएन चोकस्थित धनगढी डाइग्नोस्टिक्सले तेस्रो वार्षिकोत्सवको अवसरमा विशेष छुट अफरमा होलबडी प्याकेज ५ हजार, मिनी होलबडी प्याकेज २ हजार र थाइराइड जाँच ५ सयमा गराएको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निदेशक साउँद वताए ।

सुदुरपश्चिमकै स्वास्थ्यको क्षेत्रमा हब बन्दै गएको धनगढीमा धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले पछिल्लो समयमा अध्याधुनिक प्रविधि जडित ल्याबको सेवा दिदै आईरहेको छ । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालि नितान्त नाफा मुलक नभएर सेवामुलक पनि रहेएको प्रबन्ध निदेशक साउँद वताए । विभिन्न निःशुल्क शिविर आयोजना गरी सेवामुखी काममा समेत सक्रिय धनगढी डाइग्नोस्टिक्स सेन्टर प्रलीले वार्षिकोत्सवका अवसरमा सो सुविधा दिइएको हो । साथै हालसम्म डाइग्नोस्टिक्स सेन्टरले ६ सय ७० जनाको निःशुल्क मधुमेह जाँच, ७ हजार बढीको सिकलसेल जाँच गरेको डाइग्नोस्टिक्स प्रालीका अध्यक्ष मिन बहादुर धामिले वताए । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रलीले तेस्रो बार्षिकोत्सवको अवसरमा पारेर लामो समय देखि स्वास्थ्य क्षेत्रमा योगदानको उच्च मुल्यकन गदै दुई जनालाई सम्मान गरेको छ । सम्मान हुनेमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. निराजनदत्त शर्मा पौडेल त्यसैगरी डा. विसन सिंह वोहोरा रहेको डाइग्नोस्टिक्स सेन्टरका अध्यक्ष मीनबहादुर धामीले वताए । धनगढी डाइग्नोस्टिक्स सेन्टर प्रलीका अध्यक्ष मीनबहादुर धामीको अध्यक्षतामा समापन वार्षिकोत्सव समारोह सञ्चालन गरिएको हो ।

सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमर प्रमुख अतिथी रहेको समारोहमा डा. प्रतिक्षा राठोर वम , डा. प्रमोद जोशी , डा. सुशिल भण्डारी , डा. प्रदिप मिश्र , डा. सुशिल ढकाल लगाएतको उपस्थिती रहेको थियो ।सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. निराजनदत्त शर्मा पौडेल त्यसैगरी डा. विसन सिंह वोहोरा रहेको डाइग्नोस्टिक्स सेन्टरका अध्यक्ष मीनबहादुर धामीले वताए । धनगढी डाइग्नोस्टिक्स सेन्टर प्रलीका अध्यक्ष मीनबहादुर धामीको अध्यक्षतामा समापन वार्षिकोत्सव समारोह सञ्चालन गरिएको हो । सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमर प्रमुख अतिथी रहेको समारोहमा डा. प्रतिक्षा राठोर वम , डा. प्रमोद जोशी , डा. सुशिल भण्डारी , डा. प्रदिप मिश्र , डा. सुशिल ढकाल लगाएतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार