• होमपेज
  • समाज
  • अध्यक्ष गोबिन्द्र मल्लको बिज्ञप्ती, चरित्र हत्या गर्ने योजना मात्र हो (बिज्ञप्ती सहित)

अध्यक्ष गोबिन्द्र मल्लको बिज्ञप्ती, चरित्र हत्या गर्ने योजना मात्र हो (बिज्ञप्ती सहित)

  • शनिबार, फाल्गुन २४, २०७६
अध्यक्ष गोबिन्द्र मल्लको बिज्ञप्ती, चरित्र हत्या गर्ने योजना मात्र हो (बिज्ञप्ती सहित)

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले प्रेश बिज्ञप्ती मार्फत आफ्नो कुनै संलग्नता नरहेको जनाएको छन् । बिज्ञप्तीमा भनिएको छ आफ्नो चरित्र हत्या गर्ने योजना रहेको ठेक्कामा आफ्नो परीवारको कुनै मिलोमतो नभएको बताएका छन् । आफुले कुनै पनि पैशाको बार्गेनिङ्ग गरेको छैन्, कसरी हुन्छ बिद्यालयको भवन राम्रो बनाउनु पर्ने सहजिकरण मात्र गरेको बिज्ञप्ती उल्लेख गरेको छ ।
कानुन बिपरित मेरो अनुमती बिना आवान रेकर्ड गरि सुनियोजित ढंगले प्रशारण गर्ने ब्यक्तिलाई आबश्यक कार्यवाहिका लागि सम्बन्धि निकायमा माग गरेका छन् । ठेकेदार बिचको बिवाद भएपछि सहजिकरण गरिदिनु परयो निर्माण ब्यबसायिको अध्यक्षले भन्नु भएको हो, जसरी पनि मिलेर लिनुहोस भनेको हो । चन्दा संकलन गरेर बिद्यालय स्थापना गर्न लागेका हौ, धेरै बार्गेनिङ्ग गरेर बिद्यालय नराम्रो बनाउने बाताबरण नहोस मात्र भनेको हो बिज्ञप्तीमा उल्लेख गरेका छन् । आफ्नो र निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीको चरित्र हत्या हुने काम मात्र रहेको यसमा कुनै पनि मिलोमतो नभएको वताएका छन् ।
हामि बिद्यालयमा टेक्निकल शिक्षा बनाउन लागेका हौ, यदि मेरो गल्ति छ भने जस्तोसुकै कानुनी कार्यवाहि भोग्न तयार रहेको वताए । म कुनै ठेक्का कुनै ब्यबसाहमा संलग्न नरहेको वताए । आफ्नो छोराको नाममा कुनै पनि ठेक्का फम नभएको वताएका छन् । साथै म माथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
बिहिवार निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएको हो । हिमाली गाउँपालिका ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बार्गेनिङ्ग गरेको अडियो बाहिर आएको थियो । अन्तमा पैसा बाँडेर आफ्नै छोराले दर्ता गराएको फमलाइ ठेक्का पार्ने गरि फम दर्ता भएका छन् । गाउँपालिकामा ६९ वटा निमार्ण ब्यवसायीहरुले बोलपत्र फर्म खरिद गरे पनि चार ओटा फर्म मात्र मिलोमतोमा दर्ता गराएका छन ।
हेर्नुहाेस बिज्ञप्ती

चर्चामा

सम्बन्धित समाचार