बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाँउपालिकामा अध्यक्ष गोबिन्द्र मल्लको सहभागिता ठेक्का मिलोमतो घुस काण्ड (अडियो सहित)

हिमाली गाँउपालिकामा अध्यक्ष गोबिन्द्र मल्लको सहभागिता ठेक्का मिलोमतो घुस काण्ड (अडियो सहित)

अध्यक्ष मल्ल भन्छन् मलाई फसाउन खोजिएको हो

  • शुक्रबार, फाल्गुन २३, २०७६
हिमाली गाँउपालिकामा अध्यक्ष गोबिन्द्र मल्लको सहभागिता ठेक्का मिलोमतो घुस काण्ड (अडियो सहित)

बाजुरा — हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएको छ । हिमाली गाउँपालिका ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बार्गेनिङ्ग गरेको अडियो र समचार सैपाल न्युजले बाहिर आएको ल्याएको छ । अन्तमा पैसा बाँडेर आफ्नै छोराले दर्ता गराएको फमलाइ ठेक्का पार्ने गरि फम दर्ता भएका छन् । माघ २१ गते गाउँपालीकाले ३० दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकामा ६९ वटा निमार्ण ब्यवसायीहरुले बोलपत्र फर्म खरिद गरे पनि गाउँपालीकाका अध्यक्ष मल्लले निर्माण ब्यबसायीलाई पैसा बाँडेपछि आफ्नो ठेक्का पर्ने उद्देश्यले चार ओटा फर्म मात्र मिलोमतोमा दर्ता गराएका छन ।

गाउँपालिकाका अध्यक्षले विगतका दिनमा आफु निकट कार्यकर्तालाई ठेक्काको जिम्मा दिनेगरेको थिए ।उनले यो पटक मेरा छोराले ठेक्का लिने चासो देखाएकोले निमार्ण ब्यबसायिसंग यसरी बसेको हुँ समेत भनेका छन । निमार्ण ब्यबसायिलाई आफ्नो कार्याकक्षमै बोलाई पैंसाको बार्गे्निङ्ग गरी पैसा बाँडेका छन् । निर्माण ब्यसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीले कति प्रतिशत पैंसा बाढ्नु हुन्छ भन्दा गाउँ पालिकाका अध्यक्ष मल्लले पुरै बजेटको ५ प्रतिशत वा ७ प्रतिश बाँढ्न सकिने समेत भनेका छन् । निमार्ण ब्यबसायी संघका अध्यक्ष शाहीले त्यो त कम भयो भन्दा १ करोड को ७ प्रतिशद रुपैयाँ लौजानुस समेत भनेका छन् ।

ब्यबसायिहरुले १३ लाख दिनु पर्ने अडान राखेपछि अन्तमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल ९ लाख दिएर कार्यकक्षबाट बाहिरीएको अडियोमा खुलेको छ । सरकारले ठेक्का प्रक्रियाबाट घटाघट गरि योजना निर्माण गर्ने गरे पनी स्थानिय तहका जनप्रतिनिहरुले यसरी लुट मचाईरहदा सरोकारवाला निकाय भने मौन रहेको स्थानियको गुनासो छ । ठेक्का प्रक्रिया गर्दा प्रतिश्पर्धाका आधारमा गर्नुपर्ने र सवै भन्दा बढी घटेको ब्यवसायीले काम गर्न पाउने ब्यवस्था भए पनि हिमाली गाउपालिकाको सो विद्यालयको भवन वनाउनकालागि ब्यवसायीहरुका विचमा मिलोमतो गरी पैसा बाडेर ठेक्का आफ्नो छोरालाई प्रदान गरेको देखिन्छ ।

ठेक्का प्रक्रियालाई ब्यवस्थित बनाउन जिल्ला निमार्ण ब्यवसायी संघले समन्वयात्मक भुमिका खेल्नु पर्ने भए पनि उल्टै बार्गेनिङ्ग गर्ने र पैसा बाडफाँड गर्ने गरेको अडियोमा खुलेको छ । हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भने आफुलाई फसाउनका लागि सुनियोति तरिकाले गरेको वताएका छन्, । आफ्नो छोराको कुनै ठेक्का फम नभएको वताएका छन् । सबै तिर ठेक्का मिलाउछन्, धेरै बाँडे काम राम्रो हुदैन्, कम बाडेर काम राम्रो होस भन्ने खोजिएको हो कुनै घुसकाण्ड नभएको दाबि गर्छन् । अहिले सम्म कुनै केही नभएको मलाई फसाउनका लागि गरेको भन्दै बचावट गरिरहेका छन् । उता निर्माण ब्यबसाहि संघ अध्यक्ष बिनोद शाहि सँग भने टेलिफोन सम्पर्क हुन सकेको छैन् ।

गएको आर्थिक बर्षमा गाँउपालिका भवन निर्माणमा पनि मिलोमतो भएको थियो । गाँउपालिका भवन फर्म बिक्रि ६३ वटा भएका थिए । यसै गरि मिलोमतोमा बोलपत्र दाखिला ३ गरे ठेकका मिलाईएको थियो । ८४ लाखमा गरिएको टेन्डरमा प्रतिशतमा ठेक्का मिलेको थियो । मिलोमतो ठेक्का मष्टा कन्ट्रक्सन एण्ड अडर सप्लार्यस बाजुराले पाएको थियो ।

यो सुन्नुहोस् बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल र निमार्ण ब्यबसायि संघ बाजुराका अध्यक्ष संगको गोप्य अडीयो

https://www.youtube.com/watch?v=NklKrOqci_U

चर्चामा

सम्बन्धित समाचार