शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ५
  • नेपालगन्जमा माक्सको कालोबजारी

नेपालगन्जमा माक्सको कालोबजारी

  • बिहिबार, फाल्गुन २२, २०७६
नेपालगन्जमा माक्सको कालोबजारी

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ७६ वटा देशमा फैलिसकेको छ । शुक्रबार विश्व स्वास्थ्य सङगठन ‘डब्लुएचओ’ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको समेत बताएको छ । मानिसहरु सबै त्रासमा छन् ।

यस्तो असर नेपालगन्जमा समेत नपर्ने कुरै भएन । कोरोनाको सम्भावित जोखिमबाट बच्ने भनेकै स्वास्थ्य सतर्कता अपनाउने हो । डिटोल जस्ता सावुन पानीले हात धुने, मास्क देखि ग्लोब्स लगाउनेसम्मका पूर्व सतर्कता अपनाउने हो ।

तर बजारमा यतिबेला यि तीनवटै सामाग्रीको कृत्रिम अभाव सिर्जना गरिएको छ । जहाँ पाइएको छ त्यो पनि महङ्गो मूल्यमा खरिद विक्री भइरहेको उपभोत्तक्ताहरुले गुनासो गरेका छन् । स्वास्थ्य संस्थामा यस्ता सामाग्रीको अभाव सिर्जना हुन थालेको छ ।

यसको प्रभावले नेपाली बजारमा माक्सको कालोबजारी बढेको छ । कोराना भाइरसको प्रकोपबाट बच्न माक्सको प्रयोग बढेसँगै बजारमा माक्स पाउन छोडेको छ । उनका अनुसार कम्पनीबाट नै व्यापारीहरुले माक्स चीनमा निर्यात गर्ने भएकाले नेपाली बजारमा माक्सको अभाव भएको हो । बजारमा एक महिना अगाडि २ रुपैयाँ होलसेल खुद्रा मुल्यमा आउने माक्स अहिले ४० रुपैयाँ पुगेकोले पनि बजारमा यसको मुल्य बढाएर बेचिरहेका छन् ।

नेपालमा सामान्य अवस्थामा ३० प्रतिशत मानिसहरुले माक्सको प्रयोग गर्दै आएका छन । तर, कोरोना भाइरसको प्रभाव बढेपछि माक्स ८० प्रतिशत मानिसहरुले प्रयोग गर्ने लागेकाले पनि बजारमा माक्सको अभाव भएको औषधी विभागले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार