शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गौमुल
  • गाैमुलमा रूखबाट लडेर एक युवकको मृत्यु

गाैमुलमा रूखबाट लडेर एक युवकको मृत्यु

  • बुधबार, फाल्गुन २१, २०७६
गाैमुलमा रूखबाट लडेर एक युवकको मृत्यु

 राजेन्द्र बहादुर  रोकाया — बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा नम्बर एक अन्द्राडीमा भेडालाई डाला काट्ने क्रममा एक जना युवककाे रुखबाट लडेर मृत्यु भएको छ । गाउँ नजिकै रहेको अलम्टा जंगालमा भेडा चराउन गएको समयमा रूख बाट लडेर मृत्यु भएको आफन्त देबबहादुर बोहराले बताए । मृत्यु हनेमा सोही ठाउका अन्दाजी २२ बर्षिया रामबहादुर बोहरा रहेको अापफन्तले बताएका छन् ।  हिजो दिउसो १२ बजेतिर रुखबाट लडेर मृत्यु भएको भए पनि साँझ मात्र पत्ता लागेको थियो । साँझपख माथिबाट भेडा ल्याउने क्रममा धन्नामे बोहराले देखेको बताईएको छ । गाैमुल गाउँपालिकामा यस अघि पनी धेरै जनाले रूखबाट लडेर ज्यान गुमाइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार