शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • साँफे मार्तडी सडक खण्डमा उखु खेति अभियानकाे पहिलाे चरण सम्पन्न 

साँफे मार्तडी सडक खण्डमा उखु खेति अभियानकाे पहिलाे चरण सम्पन्न 

  • सोमवार, फाल्गुन १९, २०७६
साँफे मार्तडी सडक खण्डमा उखु खेति अभियानकाे पहिलाे चरण सम्पन्न 

बाजुरा १९ फागुन– साँफे मार्तडी सडक खण्डमा उखु खेति अभियानकाे पहिलाे चरण सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीय तहकाे समन्वयमा साे अभियान सम्पन्न भएकाे हाे ।  वाजुरा जिल्ला सधै गरिवी र अभावको जिल्ला भनेर चिनिने गर्दछ तर यहाँको अवसर र सम्भावनालाई उजागर गर्ने उदेश्यले साँफेवगर मार्तडी सडक खण्ड अन्तरगत वाजुराको सिमाना ईक्डीगाड देखि सदरमुकाम मार्तडी सम्मको सडक किनारमा उखु खेती र वाजुराको स्थानिय मुसे केरालाई प्रवर्द्धन गरी सडक किनारमा खेर गएको जमिनको सदुपयोग गर्दै कृषकको आम्दानीमा वृद्धि गर्ने उदेश्यले पहिलो चरणमा यस वर्ष ८५० जना कृषकहरुलाई उखुको वीउ वितरण गरिएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मिन प्रसाद जैशीले बताए । वाजुराका वडिमालीका र वुढीगंगा नगरपालीका अन्तरगत विरे खोला, तिपाडा, फालासैन, रिठावजार गरी चारवटा स्थानवाट कृषकहरुलाई करिव ३ लाख बराबरकाे उखुको वीउ वितरण गरिएको सुचना अधिकारी जाेशीले बताए । उखुको वीउ वितरण सँगै कृषकहरुलाई उखु रोप्ने तरीकावारे पनि जानकारी गराईएकाे कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द सिजापतीले बताएका छन् । उखु रोप्ने देखि वजारीकरण सम्मको प्याकेजमा योजना वनाएको कृषि ज्ञान केन्द्रले अर्को वर्ष उखुलाई कृषकको आयआर्जन र रोजगारीसँग जोड्ने गरी मार्तडी देखि ईक्डीगाड सम्म १५ वटा उखु वाट जुस वनाउने मेसिन वितरण गर्नुका साथै फालासैनमा उखु प्रसोधन उद्योग स्थापना गरी वाजुराको स्थानिय भेली उत्पादन गर्ने योजना समेत वनाएको प्रमुख सिजापतीकाे भनाइ रहेकाे छ । उखु रोप्नका लागी विषादी छरेर वाँडीएको भए पनी केही व्यक्तिहरुले पखालेर खाएको गुनासाे अाएकाे कृषि ज्ञान केन्द्रको गुनासो रहेको ज्ञान केन्द्रले जनाएकाे छ । यसमा कृषि ज्ञान केन्द्रले मात्रै गरेर हुँदैन सम्वन्धित सवै सरोकारवाला निकाय र कृषकहरु समेतले अभियानको उदेश्य र मर्म अनुरुप काम गरेको खण्डमा मात्रै कार्यक्रम थप प्रभावकारी हुने ज्ञान केन्द्रले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार