मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्नेरतनलाई केही नगर्न कार्यकर्ता तथा प्रहरीलाई निर्देशन

प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्नेरतनलाई केही नगर्न कार्यकर्ता तथा प्रहरीलाई निर्देशन

  • आइतवार, फाल्गुन १८, २०७६
प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्नेरतनलाई केही नगर्न कार्यकर्ता तथा प्रहरीलाई निर्देशन

राष्ट्रिय सभागृहको कार्यक्रममा आफूलाई लक्ष्यित गरी जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल के भएको हो, भेउ नै पाउन सकेनन् । भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित स्व अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन सकेर सिटतर्फ जाँदै गर्दा प्रचण्डमाथि लक्ष्यित गर्दै तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

कार्यक्रमको पोडियममा जुत्ता प्रहार भएको देखेपछि प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी मञ्चबाट ओर्लेका थिए । कार्यक्रममा उपस्थित केहीले तिरुवामाथि कुटपिट पनि सुरु गरेका थिए । तर जुत्ता प्रहार भएको प्रचण्डलाई त्यतिबेलासम्म जानकारी थिएन । पछि आफ्नो सचिवालयका सदस्यहरुसँग सोधेपछि मात्र उनले कार्यक्रमस्थलमा के भएको हो, थाहा भयो ।

‘पछि उहाँले हामीसँग ‘किन त्यसरी सबैजना गर्ल्यामगुर्लुम’ ओर्लेको भनेर सोध्नुभयो,’ प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘हामीले जानकारी गराएपछि मात्र उहाँले मञ्चमा जुत्ता प्रहार गरिएको जानकारी पाउनु भयो ।’

प्रहरीले निजलाई पक्राउ गरेपनि केही नगर्न निर्देशन दिएका छन ।सापकोटाका अनुसार, प्रचण्डले तिरुवामाथि आक्रमण हुन थालेको देखेपछि ‘उनलाई केही नगर्नू’ भन्ने निर्देशन दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार