बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खेलकुद
  • सुनबर्शी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ कप सम्पन्न

सुनबर्शी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ कप सम्पन्न

  • आइतवार, फाल्गुन १८, २०७६
सुनबर्शी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ कप सम्पन्न

बीरेन्द्रकुमार साह
बिराटनगर– मोरडको सुनबर्शी नगरपालिकामा आज राष्ट्रपति रनिङ कप प्रतियोगिता सप्पन्न भएको छ। सुनबर्शी नगरपालिकाको प्रमुख कालिप्रसाद दासको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सुनबर्शी नगरपालिका भरिको सामुदायिक बिधालयको बिद्यार्थीहरुको सहभागीता रहेको थियो। कार्यक्रमकि उदघाटन अन्य कार्यक्रमभन्दा फरक तरिकाले गरिएको थियो। बिद्यार्थीहरुलाई रनिङ गर्न बनाईएको कोडमा सुनबर्शी नगरपालिकाको प्रमुख कालिप्रसाद दास, सुनबर्शी नगरपालिका शिक्षा साखा प्रमुख रुद्र प्रसाद दुलाल ,वडा अध्यक्ष ,सुरक्षाकर्मिहरुले रनिङ गरेर कार्यक्रमको उदघाटन गरिएको थियो। १०० मिटर छात्र छात्रा दौड,२०० मिटर, ४०० मिटर,८०० मिटर छात्र छात्रा दौड,रिले दौड , भलिबल प्रतियोगिता ,सर्ट फुट लगायत १८ बिद्यामा खेल भएको थियो। सुनबर्शी नगरपालिकाका बिद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट पनि आफ्नो पहिचान बनाउन सक्ने एवम खेलकुदको माध्यमबाट नै देश तथा बिदेशमा सुनबर्शी नगरपालिकाको नाम राख्न भन्दै नगरपालिका दासले शुभकामना समेत दिए।

चर्चामा

सम्बन्धित समाचार