• होमपेज
  • ब्रेक्इङ न्युज
  • पत्रकार सिहं (इन्जा ) द्वारा सम्मानित

पत्रकार सिहं (इन्जा ) द्वारा सम्मानित

  • आइतवार, फाल्गुन १८, २०७६
पत्रकार सिहं  (इन्जा ) द्वारा सम्मानित

बाजुरा :– बडिमािलका खवर अनलाइनका प्रकाशक सम्पादक प्रकाश सिहं पत्रकारहरुको अन्तराष्ट्रीय सन्जाल (इन्जा ) द्वारा स्थापित सामुदायिक पत्रकारिता अन्तर्राष्ट्रिय पुरस्कार बाट  एक कार्यक्रमका बिच  सम्मानीत भएका छन् । सामाजिक सवालमा समाचार लेखेर समाज विकासमा परेको सकारात्मक प्रभावको मूल्याक‌न सहीत पत्रकार सिंहलाई देश बाहिर बस्ने नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इज्जाले पुरस्कार प्रदान गरेको हाे ।

सामाजिक अभियान्ता समेत रहेका सिंह पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष दि हिमालयन टाइम्सका जिल्ला संवाददाता र बाजुरा जिल्लामा संचालित बडिमालिका खवर अनलाइनका प्रकाशक तथा सम्पादक पनी हुन् । पछिल्लो एक वर्षयता बडिमालिका खबर अनलाइन पनि सञ्चालन गरिरहेका छन् । सिंहले हिमाल खबर पत्रिकामा कुपोषित बाजुरा शिर्षकमा छापिएको समाचार छनोटमा परेपछि सिंहलाई पुरस्कार प्रदान गरिएको हो । उनले सम्मान पत्र सहीत १ हजार अमेरिकी डबर नगद पनि प्राप्त गरेका छन्  ।

यस्तै अछामकी मेनुका ढुंगाना कान्तिपुर जिल्ला संवाददाता हुन् । उनले छाउपडि रिपोटर शिर्षकमा लेखेको समाचारबाट पुरस्कारका लागि छनोटमा परेकी हुन् । उनलेपनि प्रमाण पत्र सहीत १ हजार अमेरिकी डबर नगद पुरस्कार पाएकी छन।

दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका सिंहले नेपालीले नै प्रदान गरेपनि अन्तर्राष्ट्रिय सम्मान पहिलो पटक प्राप्त गरेका हुन् । समाचारकै कारण प्राप्त सम्मान तथा पुरस्कारले पेशाप्रति थप प्रतिवद्ध भएर लाग्ने प्रेरणा मिलेको सिंहले प्रतिक्रिया दिएका छन् ।

सन् २०१९ मा नेपालका ठुला सञ्चार माध्यममा छापिएका ३ सय ५१ वटा खोज समाचार तथा फिचर बीच प्रतिस्पर्धा गराईएको थियो । वरिष्ठ पत्रकार तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा त्यसको छनोट समितिमा थिए ।

समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो । सिंहको ‘कुपोषित बाजुरा’ शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ । ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सोसम्बन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतीहरुको चित्रण गरिएको छ ।

छाउपडीविरुद्धमा सक्रिय रुपमा कलम चलाउँदै आएकी ढुंगानासंग आफैं पनि छाउपडीमा बसेको तीतो अनुभव छ । जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ । यो पत्रकारीता पुरस्कार उपत्यकाबाहिर पहिलो पटक रिर्पोटरले पाएको पुरस्कार रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार