शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना भाइरस: विश्वकै सबै भन्दा बढी जोखिममा नेपाल !

कोरोना भाइरस: विश्वकै सबै भन्दा बढी जोखिममा नेपाल !

  • आइतवार, फाल्गुन १८, २०७६
कोरोना भाइरस: विश्वकै सबै भन्दा बढी जोखिममा नेपाल !

काठमाडौँ– चीन हुँदै कोरोना भाइरस अथवा कोभिड–१९ को संक्रमण अहिले विश्वका धेरै देशहरुमा फैलिसकेको अवस्था छ। कोरोना भाइरसले विश्वव्यापी रुप लिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सम्पूर्ण देशलाई सतर्क हुन भनेको छ।

बिहीबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको भन्दै कोरोना भाइरस भित्रिदैन भनेर सोच्नु घातक गल्ती हुन सक्ने भन्दै आफ्ना सदस्य राष्ट्रहरुलाई सचेत गराएको थियो।

कोरोना भाइरसबाट सबै भन्दा बढी जोखिममा नेपाल देखिएको छ। कोरोनाको केन्द्रविन्दुको रुपमा चीन रहेको र अहिले कोरोना द्रुत गतिमा फैलिरहेको दक्षिण कोरियासँग नेपालीहरुको बाक्लो आउजाउका कारण नेपाल जोखिममा रहेको बताइएको छ।

यस्तै भारतसंग खुल्ला सिमान रहेको र अन्य देशबाट नेपाल भित्रिनेहरु माथि विमानस्थलमा परीक्षणमा कडाइ नगरेको कारण नेपाल अलि बढी जोखिममा परेको बताइन्छ।

सरकारले कोरोना भाइरसलाई सामान्य रुपमा लिएको भन्दा सर्वत्र आलोचना भैरहंदा सरकार भने गम्भीर देखिएको छैन। विश्वका सबै भन्दा शक्तिशालि मानिने जी ७ को सदस्य राष्ट्रलाई समेत चुनौती दिएको कोरोना नेपालका लागि अझ बढी घातक हुन सक्ने तर्फ जानकारहरुले सचेत गराएका छन्।

एकहिसाबले कोरोनाका मामलामा विश्वको सबै भन्दा बढी जोखिममा रहेको देश नेपाललाई मान्न सकिने जानकारहरुको दावी छ। कोरोना देखिएका मुलुकहरुबाट निर्वाद पर्यटकको आगमनले नेपालमा कोरोना भाइरसको जोखिमलाई बढाएको छ।

कोरोना देखिएका देशहरुसंग धेरै देशहरुले हवाई सम्बन्ध हालका लागि बन्द गरिसकेको अवस्थामा नेपाल सरकारले भने त्यसतर्फ ध्यान दिएको छैन। यस्तै देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा पनि कोरोना भित्रिन नदिनका लागि सामान्य परीक्षण भन्दा केहि भएको देखिँदैन।

यी कारणले गर्दा नेपाल विश्वकै सबै भन्दा बढी जोखिममा छ।

कोरोनाको केन्द्रविन्दु चीन छिमेकमा हुनु र चीनसंग स्थल र हवाई सम्पर्क रहनु
भारतसँग खुलासिमाना हुनु र सिमानामा आवश्यक सतर्कता प्रति गम्भीरता नदेखिनु
दक्षिण कोरियामा ठूलो संख्यामा नेपाली हुनु र त्यहाँ द्रुत गतिमा भाइरसको प्रकोप बढ्नु
कोरोना भाइरस देखिएका देशका पर्यटकहरुको नेपालमा निर्वाद आगमन हुनु
विमानस्थलमा परीक्षणमा गम्भीरता नदेखिनु
पर्यटन वर्ष भन्दा पर्यटक भित्र्याउने नाममा कोरोना भाइरसलाई सामान्य रुपले लिइनु

चर्चामा

सम्बन्धित समाचार