शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • देशकै कान्छी खेलाडी छैटौं राष्ट्रिय एथलेटिक्समा भाग लिएर फेरि खेल क्षेत्रमा सक्रिय हुँदै

देशकै कान्छी खेलाडी छैटौं राष्ट्रिय एथलेटिक्समा भाग लिएर फेरि खेल क्षेत्रमा सक्रिय हुँदै

  • आइतवार, फाल्गुन १८, २०७६
देशकै कान्छी खेलाडी छैटौं राष्ट्रिय एथलेटिक्समा भाग लिएर फेरि खेल क्षेत्रमा सक्रिय हुँदै

काठमाडौं — लामो समय खेल क्षेत्रबाट बाहिर रहेकी सकुन्तला ठगुन्ना अहिले खेल क्षेत्रमा फर्किदै काठमाडौं आएर प्रशिक्षण गर्दै छिन् ।

सानै उमेर देखि राम्रो प्रतिभा भएकी सकुन्तला २०६८ सालमा १२ बर्षको उमेरमा छैटौं राष्ट्रिय एथलेटिक्स तर्फ १० कि.मि तृतीय स्थान हासिल गरेर सुदुर पश्चिमकै नाम राखेकी थिईन । देशकै कान्छी खेलाडी समेत भनेर चिनिएकि सकुन्तला एकाएक हराएकी थिइन् ।

आर्थिक स्थिति कमजोर भएकोले बिचमा खेललाई निरन्तर दिन नसकेको भन्छिन । खेल क्षेत्रमा आफ्नो पहुच नहुदा म खेल क्षेत्र बाट टाढा रहनु पर्यो।अहिले आफैले स्थानीय सरकार आएपछि आफ्नै गा.पा मा २ बर्स जागीर गरेर अहिले खेललाई निरन्तर दिन काठमाडौं आएको हुँ भनेर बताउनु हुन्छ ।

मलाई अहिले गा.पाका अध्यक्ष प्रेम धामी र वार्ड अध्यक्ष राम सिंह ठगुन्नाले पनि मलाई प्रत्साहन गर्नु भयो आफ्नो प्रतिभा देखाउनु सकेको सहयोग गर्ने वचन पनि दिनु भयो । मैले आट गरेर आएकि छु मेरो उद्देश्य भनेको देशको लागि खेल्ने हो ।

अहिले तपाई कसरी काठमाडौं आउनु भयो ?

– गा पा मै काम गर्दै थिए मलाई अचानक मिडियाले सम्पर्क गर्नु भयो मसंग कुरा गर्नु भयो र मैले आफ्नो बास्तबिकता बताएपछि सबै साथीहरुको सहयोगले काठमाडौं आए ।

अहिले कसरी तयारी गरिराख्नु भएको छ ?

– मैले साझ बिहान हलचोकमा प्रशिक्षण गरिरहेकी छु मलाई सबै अग्रज दिदी दाईहरुले हौसला दिदै हुनुहुन्छ । पुरानै लयमा फर्किदै छु। मैले खेल्नु पर्छ भन्ने मात्र मेरो उदेश्य हो ।

आर्थिक कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

– २ बर्ष नौगाड गा पामा करारमा जे टि एको काम गरेर केही आर्थिक जुटाएकि थिए सोही रकम लिएर काठमाडौं आएकी छु र गा पा अध्यक्ष प्रेम सिंह धामी वार्ड अध्यक्ष राम सिंह ठगुन्ना र समाजसेवी प्रेम धामीले आर्थिक र सकेको सबै सहयोग गर्छौ भन्नुभएको छ । उहाँहरुनै मलाई यहाँ सम्म पुर्याउनु सहयोग गर्नु भएको छ।

किन जागिर नै छोडेर खेलकै लागि भनेर काठमाडौं आउनु भयो ?

– मेरो समाचार मिडियामा आए पछि मलाई सबैले खेल्नु पर्छ आफ्नो क्षेत्रको लागि मात्र नभएर देशको लागि खेल्नु पर्छ सबैले मलाई सुझाव दिनु भयो र जागीर नै छोडेर काठमाडौं आएर प्रशिक्षण गर्न थाले ।प्रशिक्षणमा पनि राम्रो भैरहेको छ प्रशिक्षणमा गुरु हरुले पनि हौसला दिनु हुन्छ मेरो खेल जीवन हो भनेर मैले साझ बिहान अभ्यास गरिरहेकी छु ।

अहिले कहि भाग लिनु भयो कि भएन ?

– मैले काठमाडौं आए पछि अहिले सम्म ३ ठाउँमा भाग लिएकी छु सबै ठाँउमा मैले राम्रो नै गरेकि छु।

मैले माघमा चितवनमा हाफ म्याराथुनमा १५ किमि दौड मैले महिला तर्फको प्रथम भैइयो नेपाल आर्मिले महिला खुल्ला तर्फ Coas 5th Open Marathon and run for own health 2020 मा मैले खुल्ला बाट भाग लिएर १० किमि.मा पनि मैले दोस्रो भए भक्तपुर नगरपालिकाले खुल्ला नगरपालिका एथलेटिक्स प्रतियोगितामा भाग लिएर १० कि मि मा प्रथम नै भए अहिले राम्रै गरिरहेको अनुभुती भईरहेको छ।

तपाईलाई जिल्ला खेलकुद बिकास समितीले केही सहयोग गरेन छैन ?

– मैले छैटौं राष्ट्रिय खेल्दा तत्कालीन जिल्ला खेलकुद बिकास समितिकि अध्यक्ष मन्जु बम हुनुहुन्थ्यो । म केही गर्छु बैनी भनेर मलाई सधै भन्नू हुन्थ्यो ।मन्जु बमलाइ पनि अख्तियारको मुद्दा लगायो र अनि मेरो खेल खेल्न्ने सपना पनि सकियो ।

मन्जु बमले मलाई सधै हामि महिलाले पनि खेल क्षेत्रमा केही गर्नु पर्छ भन्नेर भनु हुन्थ्यो तर उहाँ आफै मुद्दामा फसेर केही गर्न पाउनु भएन । मुद्दा सकियो अनि मन्जु बमको कार्यकाल पनि सकियो र हाम्रो भेट पनि भएन । मन्जु दिदी पछाडि आएको जिल्ला खेलकुद बिकास समितीले आफ्नो आफ्नो मान्छेलाई संरक्षण गर्न थाले कुनै पनि क्षेत्रमा पहुँच नहुने हो भने जस्तो प्रतिभा भएनी केही गर्न सकिने रहेन्छ। र मेरो सपना नेपालको जर्सी लगाएर देशको लागि खेल्ने नै हो।

चर्चामा

सम्बन्धित समाचार