• होमपेज
  • समाज
  • अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय ‘ट्रिपल ए’ अवार्ड

अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय ‘ट्रिपल ए’ अवार्ड

  • आइतवार, फाल्गुन १८, २०७६
अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय ‘ट्रिपल ए’ अवार्ड

अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले अन्तर्राष्ट्रिय स्तरको ‘एआईएम : एल्मुनाइ अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए) अवार्ड’ प्राप्त गरेकी छिन् ।

फिलिपिन्समा रहेको एसियन इन्ष्टिच्युट अफ मेनेजमेन्ट (एआईएम) ले त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरु मध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई यो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ ।

मनिलामा रहेकी पौडेलले अवार्ड ग्रहण गरेपछि हिमालसँग कुरा गर्दै भनिन्, “नेपालमा आफूले हिंसा पीडित महिला र महिनावारीका कारण हुने विभेदविरुद्ध गरिरहेको कामलाई इन्ष्टिच्युटले अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको प्रतिक्रिया दिइन् ।”

पौडेलले सोही कलेजबाट १० वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेकी थिइन् ।

यस पटक कलेजले विश्वभरिका कलेजबाट अध्ययन पूरा गरिसकेका ४५ हजार विद्यार्थीबाट छानिएका ७ जनामा पौडेल परेको कलेजको वेबसाइटमा उल्लेख छ ।

विश्वमै यो अवार्डलाई ओजनदार अवार्डको रुपमा मान्ने गरिएको छ । यो अवार्डका लागि अरुले सिफारिस गरिदिनुपर्ने हुन्छ ।

नेपालबाट यो अवार्ड पाउने राधा पहिलो नेपाली भएको कलेजले बताएको छ । हिमाल खवरबाट

चर्चामा

सम्बन्धित समाचार