शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली

नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली

  • शुक्रबार, फाल्गुन १६, २०७६
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफु संसदलाई जवाफ दिन तयार रहेको बताएका छन्। बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै संसदबाट आफु नभागेको र जुनसुकै प्रश्नको पनि जवाफ दिन तयार रहेको बताएका हुन्।

‘म एक÷दुई दिन संसद गइन। बोल्न खोज्दा हुलहुज्जत गरेर बोल्न नदिएको देख्नु भइहाल्यो। संसदमा दुई तिहाइ ल्याएको संसदको नेता हुँ म, अनि भाग्ने कुरा हुन्छ?’ ओलीले भने ‘म संसदबाट भागेको भन्ने के शब्द बोलेको? म कुनै समय गएर के-के रहेछ उहाँहरुको कुरा सुनेर सबै जवाफ दिन्छु। हाम्रा साथीहरु यस्ता कुरामा अल्झिनु हुन्न।’

रगत छादेर जेलमा बसेँ, चाहेको भए धन कमाउन सक्थेँ तर गरिनँ
एउटा टेप प्रकरणमा अनाडी र अनाधिकृत मान्छेले आरोप लगाउँदै हिँडेको छ। मेरोबारेमा प्रश्न उठेकाले राजीनामा दिन्छु भन्नुभयो सञ्चारमन्त्रीले र राजीनामा दिनुभयो। त्यसलाई स्वीकार गरियो। उहाँले न्याय खोज्छु भन्नु भएको छ कुनै प्रमाणित छैन्। स्वीस दूतावासले पनि त्यो फेक हो भनिसक्यो। सत्यता छैन्। आफ्नो नाममा बात लागेको भएर राजीनामा दिए। तर भ्रष्टाचार गरेको भनेर प्रमाणित गरेजस्तो केही छैन्। आरोप छैन्, मुद्दा चलेको छैन्। मेरो नाममा पनि उजुरी हालेको भनिएको छ। उजुरी काम नलाग्ने पत्रु हो, त्यो भ्रष्ट उजुरी हो। अनाडी मान्छेले केही भनेर गर्छ भने त्यो के हो? कसका लागि हो? मैले डिफेन्स गर्न खोजेको होइन। झुटा कुरा गरेर आन्दोलनलाई बदनाम गर्न पाइँदैन। झुटो बोल्नेलाई कारवाही गर्नुपर्छ।

सरकारले भ्रष्टाचारको बाटो समाउछ भन्ने चिन्ता नगर्नुस् यो देश हामीले बनाउने हो। हामीले नबनाए कसले बनाउँछ? म पूर्णकालिन भएर राजनीतिमा काम गरेको ५२ वर्षभयो। धन कमाउन लागेको भए व्यापार/बिजनेसतिर लाग्थेँ, जेलका छिँडितिर लाग्थें। एउटा कागजमा सही गरेको भए त्यसबेलै मन्त्री हुन्थें। बिरामी भएर रगत छादेर जेलमा हुँदा कागजमा सही नगरेको धन कमाउन हो? देश बनाउन हिँडेको। म मरे पनि अरु आर्दश हुन्छन्।

तेह्रथुममा उधुम, काठमाडौंमा रुवाबासी
मेरो जन्मदिन पनि परेको थियो। म जन्मेको ठाउँ गएँ। टाढाटाढाका मान्छे आएका थिए। शुभकामना दिए, नाचगान गरे। स्थानीयले खाना खुवाए। विचरा भातको हिसाब कति पर्यो भनेर बसेका छन्। घरमा तिनले कति खाए होलान। पानी विजुली पुगेको देख्दैनन् तर आलोचनाको समाचार लेख्छन्। आफ्नो गाउँमा प्रधानमन्त्री आउँदैछन् भनेपछि जनताले बाजागाजा बजाउँछन्। म पुग्दा बाटो, विजुली, बैंक शाखा लिएर गएँ। बाजा बजाए। उता उधुम गरे, पत्रकारहरु धुरुधुरु रोए।

कसले के-के खाए म त नेवारको ज्वाइँ एैला मात्र खान्छु भन्नु भएन। केकमा मैले हेरिन, कति केक आए आए। मैले छोइँदिए लगे। अण्डा, माच्छा ल्याए छोइदिएँ लगे। रक्सि पनि थियो। त्यो अण्डा रक्सि कति मुल्य पर्यो भनेर बनाउनेलाई सोध्नुपर्यो नि। उता (तेह्रथुम)मा उधुम, काठमाडौंमा रुवाबासी। केही नपाएपछि विरोध गर्ने गरिन्छ। नाकाबन्दी हुँदा आफु भोकै पर्दासमेत नबोल्ने अहिले कांग्रेसको केकको राष्ट्रवादी देखिएको छ। नाकाबन्दी शब्द उच्चारण गर्न नसक्नेहरु केक राष्ट्रवादी? केकमा देख्ने राष्ट्रवाद कांग्रेसको बेकारको तमासा हो।

छानिछानि मैले नाच भनेको होइन
मैले आज सुनें छोरीको जन्मदिन मनाउँदैनन भनेर। मेरो फोटो बनाएर ल्याउँछन्, काट्छन्। म त काटिएको छैन्। मोदीको पनि त्यसै गर्ने गरेका छन्। अरुको पनि त्यसै गर्छन्। साँस्कृतिक विचलनको कुरा होइन त्यो। यस्ता बेकारको कुरा गर्नुहुन्न। मैले केक लगेको होइन। छानिछानि मैले नाच भनेको होइन। यस्तामा अल्झिनुपर्ने ठान्दिन म।

मृगौला फेरेपछि १०-१५ वर्ष मज्जाले काम गर्छु
केही दिनभित्र मृगौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनमा घर फर्किन्छु। अनि १०/१५ वर्ष मज्जाले काम गर्छु। विरामी भए पनि दैनिक १६/१७ घण्टा अहिले पनि काम गरिरहेको छु।

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार