सोमवार, बैशाख ३१, २०८१

पाँच साइनो…..

  • बिहिबार, फाल्गुन १५, २०७६
पाँच साइनो…..

१. जोगाऔं लौ मित्रता
अङ्गाल बरु दुश्मनी
निष्कपट दिलै बिछ्याइ ।
२. चप्पल बजाउथ्यो
शिखर जुत्ता भिर्छ रे
ढोँगी भएछ त बा झिल्के !
३. रित बुझ्दैन मान्छे
अचम्मको परम्परा
जोगाउन गाह्रो मित्रता ।
४. गर्नुपर्यो फैसला
ढल्दैछन् जङ्गे पिलर
हेप्दैछ किन छिमेकीले ?
५. तप्किए आँशु झन
अन्तिम पल्ट तर्पन
धड्क्यो मुटु बढ्यो क्रन्दन । -सुरेन्द्र शाही “गुलाब कान्छो”

चर्चामा

सम्बन्धित समाचार