• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सीमा फिर्ता माग्दै रिले अनशन

सीमा फिर्ता माग्दै रिले अनशन

  • बिहिबार, फाल्गुन १५, २०७६
सीमा फिर्ता माग्दै रिले अनशन

बैतडी : लिपुलेक, लिम्पियाधुरा र कालापानीमा मिचिएको सीमा फिर्ताको माग गर्दै बैतडीका एक युवाले रिले अनशन सुरु गरेका छन् । दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका चन्द्रदेब जोशी ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनशन बसेका हुन् ।

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा नेपाली सेना राख्नुपर्ने र सीमा विवादका विषयमा दुई देशका सरकार प्रमुखबीच छलफल भइ निष्कर्षमा पुग्नुपर्ने लगायतका मागहरू राखेर अनसन सुरु गरेको जोसीले बताए ।

‘हामी वीर गोर्खालीका सन्तान हौं । तर हाम्रो सीमा मिचिँदा सरकारले टुलुटुलु हेरेर बसिरहेको छ । सरकारलाई दबाब दिनका लागि अनशन सुरु गरेको हुँ । राष्ट्रप्रतिको प्रेम दर्शाउन सबैले आ-आफ्नो ठाउँबाट सरकारलाई दबाब दिनुपर्छ ’, उनले भने, ‘जोर गते जोर घण्टा र बिजोर गते बिजोर घण्टा अनशन बस्नेछु ।’

जोशीले ३ दिन बैतडीमा अनशन बस्ने र त्यसपछि दार्चुला, कैलाली हुँदै काठमाण्डौँ जिल्ला प्रशासन अगाडिसमेत अनशन बस्ने बताए । उनले भने, ‘मिचिएको सीमा फिर्ताका लागि संघीय सरकारको ध्यानाकर्षण गर्न काठमाडौं पुगेर पनि अनशन बस्नेछु । सरकारले सीमा रक्षाका लागि पहल चालोस् भन्ने मेरो माग हो ।’

चर्चामा

सम्बन्धित समाचार