शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • भारतको शाल्बी अस्पतालले नेपालमा सेवा विस्तार गर्ने

भारतको शाल्बी अस्पतालले नेपालमा सेवा विस्तार गर्ने

  • मङ्लबार, फाल्गुन १३, २०७६
भारतको शाल्बी अस्पतालले नेपालमा सेवा विस्तार गर्ने

काठमाडौं : भारतको शाल्बी अस्पतालले नेपालमा समेत सेवा विस्तार गर्ने भएको छ। सेवा विस्तार र विशिष्ट स्वास्थ्य विशेषज्ञताका बारेमा चेतना फैलाउन नेपाल अर्थोपेडिक सोसाईटीले यही फेब्रुवरी २० देखि २२ तारिकसम्म आयोजना गरेको २५ औं अर्थोपेडिक सम्मेलनमा भाग लिन नेपाल आएका सोही अस्पतालका वरिष्ठ अर्थोप्लास्ट सर्जन डा कल्पेश शाहले आफ्नो अनुभव प्रस्तुत गर्दै यस अस्पतालले नेपालमा नेपाली अस्पतालहरुसँग सहकार्य, समन्वय गरी सेवा विस्तार गर्नको लागि साझेदारीको अवसर दिने बताएका हुन्।  नेपाली बिरामीलाई अति विशिष्ट स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निःशुल्क तालिम, अस्पतालको क्षमता वृद्धिको लागि प्रविधि लगानीमा इच्छुक भएकाले सहकार्य र साझेदारी गर्ने अस्पतालका डाइरेक्टर डा भरत गज्जरले बताए।

शाल्वी अस्पताल भारतको चर्चित अर्थोपेडिक अस्पतालको चेन हो। ११ अस्पतालभन्दा बढी चेन भएको यस अस्पतालमा दुई हजारभन्दा बढी बेड, पाँच सयभन्दा बढी वरिष्ठ चिकित्सक तथा चार हजारभन्दा बढी स्वास्थ्यकर्मी सेवारत छन्। अस्पतालले विश्वभरिका बिरामीहरुलाई अति विशिष्ट स्वास्थ्य सेवा जस्तै हाडजोर्नी, एक लाख भन्दा बढी घुँडा प्रतिस्थापन गरी ठूलो सफलता हासिल गरी विश्व रेकर्ड बनाएको छ। अस्पतालका प्रसिद्ध अर्थोपेडिक सर्जन अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. विक्रम शाहले अस्पतालमा अपरेशन गरेको ३ देखि ४ घन्टापछि बिरामी आफैँ हिँडेर जान सक्ने गरी आधुनिक प्रविधि ‘जिरो टेक्निक’ द्वारा न्यूनतम चिरफार गरी कुशल तरिकाले विशिष्ट सेवा दिइरहेका छन्।

सोही अवसरमा नेपाल मेडिकल टुरिजम अर्गनाइजेशनका अध्यक्ष तथा एक्सप्लोर हेल्थ केयर प्रा.लि का प्रबन्धक निर्देशक श्रीकृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको विकासको लागि स्वास्थ्य क्षेत्रको स्तरोन्नति, प्राविधिक सहकार्य, प्रशिक्षण तथा फेलोसिप प्रोग्राम आवश्यक भएको बताए। पाण्डेले नेपालमा मेडिकल टुरिजम क्षेत्रको विकासको लागि दुई वटा अन्र्तराष्ट्रियस्तरको सम्मेलनको आयोजना गरेको र यसलाई निरन्तर संस्थागत दिगो रुपमा अगाडि बढाई नेपालमा मेडिकल टुरिजमको विकासको लागि हमेशा संघर्ष गर्ने बताए। शाल्वी अस्पताललाई अर्थोपेडिक उपचारको लागि एक चेन अस्पतालको रुपमा लिने गरिन्छ। ११ अस्पताल भन्दा बढी चेन भएको यस अस्पतालमा २००० भन्दा बढी बेड, ५०० भन्दा बढि वरिष्ठ चिकित्सक तथा ४००० भन्दा बढी स्वास्थ्यकर्मी छन्।

चर्चामा

सम्बन्धित समाचार