• होमपेज
  • समाज
  • टुप्लुक्क मन्त्री प्रकाश शाह घरको दैलाेमा पुग्दा

टुप्लुक्क मन्त्री प्रकाश शाह घरको दैलाेमा पुग्दा

जनताका सुखदुख बुझदै दुर्गम गाँउमा मन्त्री

  • मङ्लबार, फाल्गुन १३, २०७६
टुप्लुक्क मन्त्री प्रकाश शाह घरको दैलाेमा पुग्दा

बडिमालिका २ कि ५५ बर्षिय गौरी बडुवाल भैसी दुहेर गोठबाट बाहिर निस्कदै थिइन । आँगनमा टुप्लुक्क आइपुगेका आन्तिरिक मामिला तथा कानुन मन्त्रि देखेर उनि छक्क मात्र परिनन । काम गर्दा लाउने पोशाकमा मन्त्री सँग भेट हुदा अलिकति लजाइन पनि । ‘खबरै नगरी आउनु भयो त ? हामी त यस्तै छौ’ जिव्रो टोक्दै उनले भनिन ।
उनि मात्र हैन । प्रदेश नं ७ का आन्तिरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाह एकाएक आगनमा झुल्किए पछि बाजुराका ग्रामिण बस्तिका धेरै सर्वसाधारण यसरी अच्चमित भए । मन्त्रि भए पछि जनताको सुख दुख बुझ्न आफ्नै घर आगनमा पुगेका शाहलाई देखेर धेरै मानिसहरु खुशि भएको महिला अगुवा कल्पना साउदले वताएकि छन् । बुढिगंगा नगरपालिका १० सिगाडाका वडा अध्यक्ष धर्मराज जैशी भन्छन्, चुनावका बेलामा मात्र आउछ्न भन्ने लागेको थियो, तर जितिसकेपछि घर आगनमा मन्त्रि पुग्दा स्थानिय अच्चमित भएको वताए । मन्त्रिले भेटघाट मात्र नभइ आफुहरुका समस्याका बारेमा समेत छलफल गरेको वताईन् ।


बाजुरा देशकै सबैभन्दा गरिबि जिल्ला हो । त्यसैमा दलित समुदाय निकै पछाडी रहेका छन् । दलित बस्तिमा गएर जनता सँग समेत प्रत्यक्ष छलफल गरेका छन् । उनले स्थानिय जनप्रतिनिधि र जनतालाइ राखेर गाँउका समस्याका बारेमा छलफल गरेर प्रदेशले गर्नु पर्ने भुमिका बारेमा समेत छलफल गरेको त्रिबेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारले वताएकि छन् ।
बाजुरा जिल्लाको प्रदेश सभा ख बाट निर्वाचित भएका मन्त्रि शाह एक हप्ता सम्म बाजुराका दुर्गम गाँउ बस्तिमा ब्यस्त रहे । सबै मन्त्रि सांसद कार्यक्रम उद्घाटन र बजार तिर मात्र दौडधुपमा छन् । तर मन्त्रि शाह बाजुरा मात्र नभइ प्रदेश नम्बर ७ का दुर्गम बस्तिमा गएर जनता, जनप्रतिनिधि सँग छलफल गर्ने विकासका गतिबिधि र योजना बनाइरहेका छन् । मन्त्रि शाहका पिय जंग बिकले भने गाँउमा गएर स्थानिय जनप्रतिनिधि सँग कानुन र प्रदेशले कस्ता निति निर्माण बनाउने बारे र उनिहरुका सवालका बारेमा छलफल गर्ने गरेको वताए । उनले भने अछाम, डोटि बाजुराका दुर्गम गाँउमा पुगेको वताए ।


बाजुराका सबै स्थानिय तहका प्रतिनिधिलाई भेला गराएर प्रदेशले बनाउने निति तथा कानुनका बारेमा छलफल गरेका थिए । साथै जिल्लामा विकासे योजनामा कमजोरी गर्नेलाई समेत समयमै काम गर्न निर्देशन र सल्लाह समेत दिइरहेका छन् । बाजुरा सधै अभाब र गरिबिले चिनिने मात्र रहेको छ । जिल्लाको मुहार फेर्नका लागि बिभिन्न योजनाहरु बनाएर प्रदेश बाट सम्बोधन गर्ने प्रदेश बाट गर्ने र केन्द्रमा समेत पहल गर्ने मन्त्रि शाहले वताए ।
जिल्लाको विकासको लागि जनता स्थानिय निकायका जनप्रतिनिधिहरु सँग छलफल र समन्वय गरिरहेको वताए । मन्त्रि शाहले बाजुराको शान्ति शुरक्षा कायम गर्नका लागि केही ठाँउमा प्रहरी चौकी स्थापना भइसकेको, अझै स्थापनाका लागि पहल गर्ने वताएका छन् । गरिबि न्युनिकरणका लागि बिभिन्न कार्यक्रम लागु गर्ने जनता माझ प्रतिबद्धता गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार