बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता

कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता

  • मङ्लबार, फाल्गुन १३, २०७६
कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता

कालिकोटका रासकोट नगरपालिका देखि लालिघाट तर्फ आउँदै गरेको बोलेरो जीप कर्णाली नदिमा खसेको छ । यात्रु झारिसकेपछि ब्याक गर्नेक्रममा जीप नदिमा खसेको प्रत्यक्षदर्शीलाइ उदृध गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जीप चालक कर्णाली नदिमा बेपत्ता छन् । जीपको छत देखिरहेको छ । संभव भए सम्म जीप नै निकाल्ने पहल भइरहेको छ,‘ कालिकोट प्रहरीका डिएसपी श्यामबाबु ओलियाले भने,‘ यात्रु सबै झरिसकेकोले ठुलो क्षति भएन् । चालक जीप भित्रै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

ग१ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना भएको हो । गाडीमा चालक मात्र थिए । गाडी चालक चक्रबहादु खड्का वेपत्ता भएका छन् । प्रहरी घटनास्थल तर्फ गइरहेको छ । स्थानीयले चालक र जीपको खोजी भइरहेको जनाएका छन् । दुर्घटनाको खास कारण खुलेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार