शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • सरकारी कागजात किर्ते गर्ने बाजुराका तीन जनासहित चार पक्राउ

सरकारी कागजात किर्ते गर्ने बाजुराका तीन जनासहित चार पक्राउ

  • सोमवार, फाल्गुन १२, २०७६
सरकारी कागजात किर्ते गर्ने बाजुराका तीन जनासहित चार पक्राउ

नेपाल प्रहरीले सरकारी कागजात किर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात किर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ। पक्राउ परेकालाई सरकारी छाप किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस

चर्चामा

सम्बन्धित समाचार