शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा हान गठन गरियो

बाजुरामा हान गठन गरियो

  • सोमवार, फाल्गुन १२, २०७६
बाजुरामा हान गठन गरियो

बाजुरा १२ फागुन– बाजुरा जिल्लामा हान गठन गरिएको छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरि तर्सथ कमिटिको रुपमा गठन गरिएको हो । जिल्ला भरीका स्वास्थ्यकर्मीहरुको साझा संगठन हेल्थ असिस्टेन्डहरुको छाता संगठन हान जिल्ला सबै स्वानस्थ्यकर्मीको रुपमा रहेको स.गठन रहेको हानका अध्यक्ष प्रकाश बिक्रम शाहीले बताए ।
जिल्लामा कर्मचारी समायोजन भई सरुवा भएर गएपछि केही समय निस्कृय रहेको संगठनलाई पुर्णता दिन सो समिति गठन गरिएको अहेव भेषराज पण्डितले बताए ।
जिल्लामा प्रकाश बिक्रम शाही अध्यक्ष हुने गरी ११ सदस्यि समिति गठन गरिएको आयोजक समिति सदस्य धर्म बुढाले बताए ।


जसमा उपाअध्यक्ष राज बहादुर भण्डारी र धर्म बहादुर खत्री, सचिवमा ओमजङ्ग शाही,कोषाअध्यक्षमा लक्ष्मी बुमी रहेका छन् । त्यसै गरी सदस्यहरुमा छत्र बहादुर थापा, रमेश ओली ,फुलमाया उपाध्याय,भेषराज पण्डित, धरम कुमार बुढा र जनक बिश्वकर्मा रहेका छन् ।
यो समिति तदर्थ समितिको रुपमा रहेको समितीले जनाएको छ । पुरानो संगठन भएको भए पनी जिल्ला समितिमा रहेका पदाधिकारी सबै समायोजनमा जिल्ला बाहिर सरुवा भएर गएपछि यो समिति तदर्थ समितिको रुपमा बनाईएको र अबको ६ महिनाभित्र समितिले पुर्णता पाईसक्ने समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार