शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा खैरो हिरोईन सहित ३ जना पक्राउ

धनगढीमा खैरो हिरोईन सहित ३ जना पक्राउ

  • आइतवार, फाल्गुन ११, २०७६
धनगढीमा खैरो हिरोईन सहित ३ जना पक्राउ

धनगढी – कैलालीमा खैरो हिरोईन सहित ३ जना पक्राउ परेका छन्। शनिबार धनगढी उपमहानगरपालिका ४ स्थित अछाम होटलबाट वडा नम्बर २ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा र ३६ वर्षीय सुवाश हमाललाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट एक सय ५० मिलीग्राम लागु औषध खैरो हिरोइन बरामद गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ। यस्तै प्रहरीले खैरो हिरोइनसहित थप दुई जनालाई पनि पक्राउ गरेको छ। धनगढी उपमहानरपालिका–४ बसपार्कमा रहेको अछाम होटलबाट ३ ग्राम ४ सय १० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका–४ घरभई हाल धनगढी उपमकानगरपालिका– ४ बस्ने अछाम होटलका सञ्चालक समेत रहेका बिजय साउद र धनगढी उपमहानगरपालिका– २ का ३३ वार्षीय सुनिल कुँवर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिँह कार्कीले बताए। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार