• होमपेज
  • बाजुरा बिशेष
  • एसोएस बालग्राम द्धारा अलपत्र बालवालिकाको स्थलगत अनुगमन

एसोएस बालग्राम द्धारा अलपत्र बालवालिकाको स्थलगत अनुगमन

  • आइतवार, फाल्गुन ११, २०७६
एसोएस बालग्राम द्धारा अलपत्र बालवालिकाको स्थलगत अनुगमन

एसोएस बालग्रामले बाजुरामा अलपत्र परेका बालवालिकाको स्थलगत अनुगमन गरेको छ । जगन्नाथ गाउपालिका ६ गोत्रीका ४ जना र बडिमालिका ६ कोर्धका २ जनाको स्थलगत अनुगमन गरेको एसोएस वालग्रामले जनाएको छ ।
बडिमालिका खबरमा ६ जना वालवालिका अलअपत्र परेको समचार प्रकाशित पछि बास्तवीक अबस्था बुझ्नका स्थलगत अनुगमन गरेको एसोएस बालग्राम धनगढीका निर्देशक पदम हमालले वताएका छन् । अनुगमनमा एसोएस बालग्राम धनगढीका निर्देशक पदम हमाल, एसोएस बालग्राम लुम्बिनिका साहयक निर्देशक गोबिन्द्र ढकाल र लक्ष्मण भण्डारी पिडित बालवालिका घरमा पुगेर स्थलगत अनुगमन गरेको बताएका छन् ।
मंसिर ९ गते जगन्नाथ गाउपालिका ६ गोत्रीकी ३५ वर्षियका पुल्ती रावलले छोरा जन्माएको १ घण्टामै मृत्यु भएको थियो । छोरा भने जिवित नै रहेका छन् । पुल्ति रावलको मृत्यु भएपछि उनकि ९ बर्षकि छोरी सुनिता रावल, ७ बर्ष छोरी निशा रावल ४ को छोरा पारस रावल र एक महिना नावालक छोरा सहित ४ जना अलपत्र रहेको स्थानिय जश बहादुर रावलले वताएका छन् । आमाको पुल्तिको मृत्यु भइसकेको छ भने उनका श्रीमान अम्मर रावल मानसिक रुपमा ठिक नभएको घरमा पनि बस्ने नगरेको उनले वताए । चार जना भाइबहिनि ठुलो बुवा नरजङ्ग रावलको परीवार सँग रहेका छन् । नवजात शिशुलाई कहिलेकाँहि कोहि महिलाको दुध चुसाउने र कहिले गाई भैसीको दुध खुवाउने गरेको जश रावलले वताए । आमाको मृत्यु पछि चार जना निकै बिच्चलीमा रहेको लुगा पनि नभएको खान पनि अरुको घरमा खाने गरेका छन् ।
त्यस्तै बडिमालिका ६ कोर्धमा आमा र बुवाको मृत्यु पछि दुई भाइबहिनि बिच्चलीमा परेका छन् । २०७२ सालमा आमा र बुवाको मृत्यु पछि १० बर्षकि गिता खड्का र ८ बर्षका कमल खडका अलपत्र रहेको स्थानिय बिष्णु खडकाले वताएका छन् । २०७२ सालमा बुवा करन खड्काको मृत्यु भएको ५ महिनामा आमा मथुरा खडका बिरामी भएर मृत्यु भएको थियो । उपचार गर्न नसकेपछि उनेको मृत्यु भएको स्थानियले वताएका छन् । दुबै भाइबहिनि स्थानिय नेरा निमाबिमा अध्यनरत रहेका छन् । गिता कक्षा १ मा र कमल कक्षा २ मा अध्यनरत रहेका छन् ।
अबस्था अध्ययन गरेका गएका छौ, दुबै ठाँउका बालवालिका जोखिममा रहेको छलफल गरेर उद्धार गर्ने वा नगर्ने निर्णय रहेको एसोएस बालग्राम लुम्बिनिका साहयक निर्देशक गोबिन्द्र ढकालले वताएका छन् । स्थलगत अनुगमनमा बालवालिका निकै जोखिममा रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार