सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • घर नजिकै बम डिस्पोज गर्दा ८ लाखको नोक्सानी

घर नजिकै बम डिस्पोज गर्दा ८ लाखको नोक्सानी

  • शनिबार, फाल्गुन १०, २०७६
घर नजिकै बम डिस्पोज गर्दा ८ लाखको नोक्सानी

बाजुरा १० फागुन– बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थित पिसवीन बाजुरा र स्थानीय धर्म रोकायाको घर नजिकै डिस्पोज गरिएको प्रेसर कुकर बमले ८ लाखको क्षेती भएको छ । आज बिहान सो ठाउँमा भेटिएको बम डिस्पोज गर्ने क्रममा पिसवीन बाजुरा र स्थानीय धर्म रोकायाको घरमा क्षेती पुगेको हो । स्थानीय धर्म रोकायाको घर नजिकै बम डिस्पोज गर्दा मानवीय क्षेती नभएपनि भौतिक संरचनामा र पीसविनका अफिसियल सामानहरु क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
शुक्रबार साँझ पीसविन बाजुराको घर नजिकै कालो झोलामा बेरेर राखिएको वेवारिसे पाँच लिटरको प्रेसरकुकर बमलाई नेपाली सेनाको बम डिस्पोज गर्दा पिसवीन बाजुराको अफिसको ३ लाख बराबर र स्थानीय धर्म रोकायाको घरमा ५ लाखको क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकं प्रसाद भट्टराईले बताएका छन् । जिल्ला प्रहरी कार्यालय नजिकै बम पट्केको त्यो घर स्थानीय धर्म रोकायाको हो । पीसविन संस्था हो । संस्था भाडामा छ । नजिकै रेडियो जस्तो संचार माध्यम छ । फेरि नजिक स्थानीयहरुका कच्ची घरहरु छन् । सबलाई त्रसित हुने गरि खुले आम बम भेटिनुले स्थानीयहरु निकै त्रसित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार