• होमपेज
  • समाचार
  • बत्तिमुनीका अध्यारा बस्ती–‘विद्युत मिटर र लाईन छ बत्ति छैन्’

बत्तिमुनीका अध्यारा बस्ती–‘विद्युत मिटर र लाईन छ बत्ति छैन्’

  • शनिबार, फाल्गुन १०, २०७६
बत्तिमुनीका अध्यारा बस्ती–‘विद्युत मिटर र लाईन छ बत्ति छैन्’

शैल्यशिखर नगरपालिका २ रत्यौडाका ८२ वर्षीय दत्तिराम कपाडीको घरमा विद्युत लाईन जडान गरिएको छ । घरको ढोका नजिकै विद्युत मिटर पनि जडान गरिएको छ । घरबाहिर बाट हेँर्दा विद्युतको लाईन सबै वस्तीका घरघरमा पुगेका छन् ।
गोकुलेश्वर–खार–खलंगा सडकअन्तर्गत पर्ने यी वस्तीहरुका दायाँबायाँका सबै घरमा विद्युतले झिलमिली होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो क्षेत्रमा राती कमै गाडी ओहोरदोहोर गर्छन् । दिउँसो गाडीमा चढेर जानेले नौगाडको खोलामा उत्पादन भएको बत्तिले यहाँका वस्तीलाई निकै फाइदा पुर्याएको सहजै अनुमान गर्न सक्छन् ।
तर त्यहाँको अवस्था भने फरक छ । ती विद्युतको लाइन देखाउनलाई मात्रै छ । बत्ति कहिल्यै बल्दैन् । घर घरमा सोलार टुकी राखिएका छन् । तीन चार वर्ष अघि देखि यहाँका वस्तीमा विद्युत लाईन र विद्युत मिटर जडान गरिएको हो ।
अपि पावर कम्पनीले नौगाड जलविद्युत ८ मेगावट र अपर नौगाड ८.५ मेगावट विद्युत उत्पादन गर्दा यस क्षेत्रमा विद्युतीकरण गरेको हो । राष्ट्रिय प्रसारण लाईनमार्फत ल्याइएको विद्युत अपि पावर कम्पनीले प्रभावित क्षेत्रका सबै वस्तीमा विद्युत बालिदिएको हो । तर जब दुवै जलविद्युत निर्माणको काम सकियो, अपि पावर कम्पनीले राष्ट्रिय प्रसारणबाट ल्याइएको विद्युत चटक्कै काटिदियो, स्थानीय भपुेश चन्दले भन्नुभयो ।
विद्युतले आफ्नो काम नसकेसम्म जनतालाई खुसी पार्न विद्युत दियो, काम सकियो, विद्युत काट्यो । प्रभावित क्षेत्रमा बनाउने भनिएका काम केहि नगरि फर्कियो । अहिले यस क्षेत्रका रत्यौडा, सल्लेबगर, तिंकरखेडा, सालीखेत, देपट्टा, बगड, मंग्रौ लगायतका वस्तीमा विद्युत बलेको छैन् ।
‘सबैका घरमा विद्युत मिटर छन् । विद्युतका तार तानिएका छन् । तीन चार वर्ष विद्युत पनि बाल्यौ,’ चन्दले भन्नुभयो, ‘गत वर्ष अपर नौगाड साढे आठ मेगावट विद्युतको काम निर्माण सकियो, बत्ति बल्न पनि छोड्यो ।’
हाम्रै वस्ती भएर बग्ने नौगाड खोलामा दुई वटा विद्युत उत्पादन हुँदा हाम्रा वस्ती अन्धकार छन् । पटक–पटक अपि पावर कम्पनीसँग विद्युत निर्माण गर्दा भएको सम्झौताअनुसारका संरचना निर्माणको लागि भन्यौ, तर काम भएको छैन् । विद्युत निर्माण गर्ने बेला माछा पोखरी, खानेपानी, देथलादेखि सुत्खोलासम्म सडक कालोपत्रे, स्थानीय क्लवको लागि भलिवल कोर्ड निर्माण गर्ने लगायतका दर्जनौ सम्झौता भएको छ ।
तर अहिले अपि पावर कम्पनीका कर्मचारीहरु यो क्षेत्रबाट राती राती भागेर जान थालेका छन् । ‘यो खोलाभरी माछा हुन्थे, स्थानीयको जिविकोपार्जन भएको थियो,’ चन्दले थप्नुभयो, तर बत्ति बनेपछि माछामार्ने काम सकियो । खोलामा पानी घट्यो । विद्युतले विकास हुन्छ भनेर सम्झौता गरियो तर अहिले भएकै विद्युत सुविधा काटेपछि यस क्षेत्रका झण्डै डेढ सय बढि घरधुरीमा अन्धकारमा छन् ।
दत्तराम कपाडी भन्नुहुन्छ, ‘केहि वर्ष टुकी र सोलार हट्यो । साच्चै विकासको अनुभूति हुन थालेको थियो तर अहिले आएर फेरि पुरानै युगमा फर्किनुपर्यो ।’ पहिल्ये दियालो बालिन्थ्यो, अहिलेसल्ला सखाप भए, गरिबले मट्टितेल र थोरै धनिहरुले घरमा सोलार किनेर बाल्न थालेका छन् । शारथी खवरबाट शाभार

चर्चामा

सम्बन्धित समाचार