बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिप्रका बाजुरा नजिकै राखिएकाे प्रेशर कुकर बम रहेकाे सेना द्धारा पुष्टि

जिप्रका बाजुरा नजिकै राखिएकाे प्रेशर कुकर बम रहेकाे सेना द्धारा पुष्टि

  • शनिबार, फाल्गुन १०, २०७६
जिप्रका बाजुरा नजिकै राखिएकाे प्रेशर कुकर बम रहेकाे सेना द्धारा पुष्टि

जिल्ला प्रहरी कार्यलय बाजुरा नजिकै पिसबिन बाजुराकाे कार्यलय अगाडी राखेकाे प्रेश कुकर बम रहेकाे नेपाली सेनाले वताएकाे छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेकाे पिसविन कार्यलयमा राखिएकाे भेटिएकाे हाे । राखिएकाे प्रेश कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।
शुक्रबार साँझ पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् । जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् ।
उक्त स्थानमा बम कसले राखेको हो यसबारे खोज तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् । डिस्पाेज पछि समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बडिमालिका खबरलाइ भने प्रेश कुकर बमनै रहेकाे जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार