सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली सेनाद्धारा बम डिस्पोज

नेपाली सेनाद्धारा बम डिस्पोज

  • शनिबार, फाल्गुन १०, २०७६
नेपाली सेनाद्धारा बम डिस्पोज

बाजुरा १० फागुन– बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय र रेडियो बाजुरा नजिकै भेटिएको वेवारिसे बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।
शुक्रबार साँझ रेडियो बाजुरा र पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् ।
उक्त स्थानमा बम कसले राखेको हो यसबारे खोज तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार