शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपाकिलामा जाल्पा ईट्टा तथा ब्लक उद्योग

बुढीगंगा नगरपाकिलामा जाल्पा ईट्टा तथा ब्लक उद्योग

  • बिहिबार, फाल्गुन ८, २०७६
बुढीगंगा नगरपाकिलामा जाल्पा  ईट्टा तथा ब्लक उद्योग

पदम सिंह / बाजुरा ८ फागुन- बुढीगंगा नगरपालिका २ ताँप्रीसेमामा जाल्पा ईट्टा तथा ब्लक उद्योग संचालनमा आएको छ । हिजो एक कार्यक्रममा बिच प्रतिनिधि सभा सदस्य सांसद लालबहादुर थापाले उद्योगको उद्घाटन गरेको नबदुर्गा ईट्ा तथा ब्लक उद्योग संचालन रामबहादुर बानियाले बताए ।
ईट्टा उद्योग उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बिश्वका धेरै मुलकहरु औधोगीक क्षेत्रको बिकास सम्पन्न भएको बताए । औधोगीक बिकास हुदा मुलुकले अर्काको उपनिबेसमा बस्नु नर्पे बताए । गाउमै रोजगारीको सृजना हुनुका साथै देशको आर्थिक बृद्धिदर बढ्ने बताए ।
देशमा राजनैतिक युगको अन्य भएर र दोस्रो अध्याएमा प्रबेस गरेको बताए । त्यो युग भनेको बिकास र समृद्धिको युवमा प्रबेस गरेको छु । नेपालले ल्याएको अहिलेको ब्यबस्था बिश्वकै राम्रो र नमुना ब्यबस्था रहेको बताए । तर सोच र शैलि पुरानै भए भने देश बिकास निर्माणमा युगामा प्रबेस गरेको कुनै अर्थ नरहेको बताए । अब बाह्रै महिना पेट भरि खाना सकरी पुगाउने सकरी आर्थिक उपार्जन गर्ने भन्ने उद्देश्यले कामको थालनी गर्नु पर्ने बताए । घाम तापेर तास खेलेर दारु खाएर श्रीमती कुट्ने दिनको अन्य भयो । मिठो खाना नबनाएको तरकारी नबनाएको भनेर श्रीमतीसंग झगडा गर्ने दिनको अन्य भएको थापाले बताए ।


आफ्नो जीवन निर्बाहका लागी संगठीत भएर ब्यबसायमा लाग्नु पर्ने बताए बाटो सुहाउदो खेति बजारको माग अनुसाको उद्योग ब्यबसाय गर्न अग्रसर हुनु पर्ने बताए । आफुले बिदेश गएको र त्यो ठाउको बिकास कसरी भयो बन्ने बुझदै जादा नेपालले त्यति दुख नगरि बिकास गर्न सक्ने भान भएको बताए । नेपालीले दुख नगरेको र दुख नपाएको बताए । हाम्रो देश नेपाल कसैको उपनिबेसमा रहेन सोतन्त्ररुमा बस्न भयौ, जुन देश अर्काको उपनिबेसनमा रहे तिनी देशहरुको आर्थिक बृद्धि रहेको छ ।
हामी जहिलै गौरबमा मात्र रमायौ दुख पाएनौ, सरमाथाको देश गौतम बुद्धको देश भन्दै यास आराममा बसेर बिकास नभएको बताए । अव घाम तापेर सकैले नबस्न न बस्न सांसद थापाले बताए । ईट्टा तथा ब्लक ब्यबसायको तर्फबाट नरेन्द्र थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य साँसद लालबहादुर थापा रहेका थिए । भने कार्यक्रमा जिल्ला स्थिति नेता कार्यकर्ता स्थानियको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार