• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पद नभएरै काम गर्ने मान्छे महान हुन प्रदेश अध्यक्ष थापा

पद नभएरै काम गर्ने मान्छे महान हुन प्रदेश अध्यक्ष थापा

  • बिहिबार, फाल्गुन ८, २०७६
पद नभएरै काम गर्ने मान्छे महान हुन  प्रदेश अध्यक्ष थापा

कैलाली ८ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सुदुर पश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादु थापाले पद नभएरै काम गर्ने मान्छे महान हुने बताउनु भएको छ । कैलालीको लम्कीमा क्षेत्र बहादु ओलीको वार्षिक पुण्नेतिथिलाई सम्बोधन गर्दै अध्यक्ष थापाले केहि मान्छेहरु पद र कुर्सीको लागी लडाई लड्ने केही मान्छे भने बिना पदकै समाज र राष्टको लागि काम गरिरहेको बताउनु भयो । उहाले थप्नु भयो वास्तवमै महान मान्छे ति हुन जो पद नभएरै समाज र राष्टको लागि काम गर्ने गर्छन ।
अहिले मानिसहरु धेरै स्वार्थी छन ,स्वार्थी ,पापी,घुसखोरी,र अनैतिक काम गर्नेहरु जति ठुलो पद र जति धरै पैसा कमाए पनि उनिहरुको नाम कसैले नपुर्काने बताउदै अध्यक्ष थापाले क्षेत्र ओलीले पदमा नबसेरै समाजको लागी ऐना जस्तै टलकदार टल्कीरहने काम गर्नु भएको बताउनु भएका थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाली अध्यक्ष रतन थापाले,पार्टीका इमान्दार कार्यकर्ता क्षेत्र ओली बाट बाफु निकै प्रभावित भएको बताउनु भएको थियो । नेता थापाले थप्दै भन्नु भयो उहा जतिको मान्छे पदको लागी लडेको भए सायद पार्टीको केद्रीय सदस्य हुनुहुन्थ्यो तर उहाले कहिलै पद खोज्नु भयोन,तर समाजको ऐना सदाबार भइरहनु भयो ।
स्वर्गिय क्षेत्र बहादुर ओलीले गरेका सामाजिक कार्यहरुलाई निरन्तरता दिनको लागि तथा गरिब ,पिछडिएको क्षेत्रका बालबालीकाहरुको पढाई लेखाइलाई सहयोग गर्ने हेतुका साथ ,स्व.क्षेत्र बहादुर ओली प्रतिष्ठान समेत गठन गरिएको बताइएको छ । बि.स. २००७ साल चैत्र २८ गते जन्मीनु भएका क्षेत्र बहादुर ओलीको २०७५ चैत्र १८ गते ६८ वर्षको उमेरमा मृत्यु भएको थियो,

चर्चामा

सम्बन्धित समाचार