• होमपेज
  • त्रिवेणी
  • पुर्ब सुुचना प्रणनलीमा सामाजीक संंजाल सबैभन्दा उत्तम

पुर्ब सुुचना प्रणनलीमा सामाजीक संंजाल सबैभन्दा उत्तम

  • बिहिबार, फाल्गुन ८, २०७६
पुर्ब सुुचना प्रणनलीमा सामाजीक संंजाल सबैभन्दा उत्तम

बाजुरा ८ फागुन — पुर्ब सुचना दिने प्रणाली फेशबुक र टुईटर सबैभन्दा उत्तमा माध्यामको रुपमा भएको पाईएको छ । नेपाल रेडक्रस सोसाईटीको बिपत जोखीम न्यनीकरण परियोजनाको श्रोतले यस्तो बताएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाको आयोजनामा गरिएको पुर्ब सुचना प्रणली कार्याशाला गोष्ठीमा सो कुराको उल्लेख गरिएको थियो । त्रिबेणी नगरपालिकामा गरिएको बिपत जोखीम न्यूनिकरण परियोजनाले गरेको कार्यक्रममा बिपत आउन भन्दा अगाडी तत्काल कसरी कुन ठाउँमा खवर गर्ने भन्दा फेशबुक टुइटर रेडियो अनलाईन र टेलीभिजन लगायत संचार माध्याममा जानकारी गराउदा सबै सचेत हुने कुरा उल्लेख गरिएको थियो ।
बिपतका बेला सुचना कसरी आदान प्रदान गर्ने, सुचना तयार गर्दा ध्यान दिनुपर्ने खवर आदन प्रदान गर्दाका बिधीका बिषयमा सो कार्यशाला गोष्ठीको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी बाजुरा बिपत जोखी न्युनीकरण परियोजना बाजुराकी परियोजना अधिकृत ईस्वरा सुबेदीले बताइन् । बिपत पहिले, अहिले र पछिका बिषयमा के कसरी सुचना आदन प्रदान गर्ने कुन निकायमा गर्दा भरपर्दो सबै भन्दा पहिला सुचना पुग्छ भन्ने बिषयमा त्रिबेणी नगरपालिकाका जनप्रतिनिधीहरुसं कार्यशाला गोष्ठीको आयोजना गरिएको सुबेदीले बताईन् ।
कार्यक्रममा बिपतमा हुने घटना लाई न्युनिकरण कसरी गर्ने भन्ने बिषयमा सरोकारवाला निकायहरुसंग छलफल गरिएको उनले बताईन । सो कार्यक्रमको सहजीकरण नेपाल रेडकक्रस सोसाईटी नेपालका केन्द्रीय कार्यक्रम अधिकृत मान बहादुर सिहंले सहजीकरण गरेको सुबेदीले बताएकी छन् ।
सो कार्यशाला गोष्ठी त्रिबेणी नगरपालिकामा सम्पन्न भएको छ र एक कार्यक्रमका सो कायृक्रम संचालन गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि त्रिबेणी नगरपालिका उपप्रमुख राधीका सुनार रहेकी थिइन । नेपाल रेडक्रस सोसाइटी बिपत जोखीम न्युनिकरण परियोजना अधिकृत ईस्वरा सुबेदीले संचालन गरेको कार्यक्रमा त्रिबेणी नगरपालिकाका जनप्रतिनीधी बाल क्लवका प्रतिनधी नगरपालिका कर्मचारी जिल्ला प्रसासनका प्रतिनिधी मनुु रोकाया, नेपाल पत्रकार महासघं बाजुरा शाखाका सदस्य लक्ष्मीराज पाध्यायको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार