शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पतालको बेडमा छट्पटारहेकी मैना दमाईको उद्धार

अस्पतालको बेडमा छट्पटारहेकी मैना दमाईको उद्धार

  • बुधबार, फाल्गुन ७, २०७६
अस्पतालको बेडमा छट्पटारहेकी मैना दमाईको उद्धार

बडिमालिका नगरपालिका ९ बस्ने ४५ बर्षिय मैना दमाईलाई उपचारका लागि धनगढी पठाईएको छ । उपचार अभाबमा अस्पतालको बेडमा जिवनमरणको दोसाधमा छटपटाइरहेकि समचार प्रकाशित पछि उनको उद्धार भएको छ । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएपछि उनलाई उद्धार गरेर सेति अञ्चल अस्पताल धनगढी पठाईएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । बडिमालिका खबरले उपचार अभाबमा मैना जिल्ला अस्पताल बाजुरामा अलपत्र रहेकाे समचार प्रकाशित गरेकाे थियाे ।
जिल्ला अस्पताल बाजुराले सेति अञ्चल अस्पताल धनगढीमा लैजान रिफर गरेपनि उनि अस्पतालको बेडमा तड्पिरहेकी थिइन् । जिल्ला अस्पताल बाजुरा, बडिमालिका नगरपालिका, सेभ हाउसको सहयोगमा उनलाइ पठाइएकाे हाे । नगरपालिकाले एम्बुलेन्सकाे ब्यबस्थापन गरेर धनगढी पठाईएको साहयक महिला विकास निरिक्षक बिन्दु बडालले वताएकि छन् । उनको सेति अञ्चल अस्पतालमा उपचार गरिने उनले बताएकि छन् ।
मधुमेह बाट थला परेकी मैनालाई स्थानिय शिक्षकको सहयोगमा जिल्ला अस्पताल पुयाएको थियो । अस्पतालमा १ हप्ता उपचार गरेपनि उनको रगतमा सुगरको मात्र धेरै रहेकोले उपचारका लागि रिफर गरेको छ । सामान्य सुगरको मात्रा ७० देखी १ सय ४० सम्म हुनु पर्ने हुन्छ, उनको भने बढेर ३ सय भन्दा बढि रहेको अस्पतालकि नर्स मनदेबी पाध्यायले वताएकी छन् ।
मैना अस्पतालको शैयामा मृत्यु कुरीरहेकी छन्, उनि बोल्न सक्ने अबस्थामा पनि छैन् । अन्यत्र लिन न पैशा छ न आफन्त रहेको आमा धनी सनाईले वताएकि छन् । बाजुरा अस्पतालमा मधुमेहको ट्याब्लेट मार्फत मात्र उपचार हुने गरेको छ, उनको रोग जटिल भइसकेकोले सुई मार्फत उपचार गर्नुपर्ने रहेको यहाँ सम्भब नभएपछि सबैको पहल र सहयोगमा धनगढी पठाईएको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
स्थानिय शिक्षक प्रमोद नेपालले ति महिलालाई उद्धार गरेर अस्पताल पुयाएको हो, हामी पनि उपचारका लागि पहल गरिरहेका हौ, बडिमालिका महिला शाखाकि प्रमुख केशरी रोकायाले वताएकि छन् । मैनालाई अस्पतालमा अलपत्र रहेको खबर पाएपछि बडिमालिका नगरपालिकाको महिला शाखाले उपचारका लागि पहल गरेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार